आज राष्ट्र बैंकले तोकेको विनिमय दर मुल्य कति ?



काठमाडौँ । हिजो मंगलबारको तुलनामा आज बुधबार मलेसियन रिंगिट बाहेक प्राय देशको मूल्य यथावत रहेको छ भने केही देशको मूल्य सामान्य रुपमा घटेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर मूल्य १ सय १४ रुपैयाँ ४५ पैसा रहेको छ।

त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रिदर १० रुपैयाँ १५ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८९ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ ४ पैसा छ। त्यस्तै यूके पाउण्ड एकको खरिददर १४७ रुपैयाँ २ पैसा छ भने बिक्रिदर १४८ रुपैयाँ ७९ पैसा छ।

त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५२ पैसा छ। त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २७ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ। युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १६ पैसा रहेको छ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३७४ रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रिदर ३७६ रुपैयाँ ८० पैसा रहेको छ। आज बहराईन दिनार एकको खरिददर ३०१ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रिदर ३०३ रुपैयाँ ५९ पैसा रहेको छ।

तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्