सुन तोलामा ६ सय रुपैयाँ बढ्यो



फागुन ८ काठमाडौं आज सुनको मूल्य प्रतितोला ६३ हजार ३ सय रुपैयाँ पुगेको छ ।
सुन एकैदिन तोलामा ६ सय रुपैयाँले बढेको हो । मंगलबार सुन प्रतितोला ६२ हजार ७ सयमा कारोबार भएको थियो ।

तेजावी सुन भने प्रतितोला ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला ७८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्