विदेश पठाइदिन्छु भनी पाँच लाख रुपैयाँ लिने दुईजना पक्राउ !



१० फागुन, काठमाडौं । विदेश पठाइदिन्छु भनी पाँच लाख रुपैयाँ लिने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महाराजगंज बस्ने रामेछाप दोरम्बाका ५२ वर्षीय रवीन्द्र यान्जन र त्रिनगर गोंगबु बस्ने पर्बत चुलुङका २३ वर्षीय सन्तोष विकलाई बिहीबार राति पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

रकम लिन लागेको विशेष सूचनाका आधारमा महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले युवाहरुलाई काठमाडौं महानगरपालिका-१६ माछापोखरीमा रहेको र्फस सेक्युरिटी अफिसमार्फत वैदेशिक रोजगारीमा पठाइदिने भनी उक्त रकम लिएको प्रहरीले बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्