४० वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ !



फागुन,१० काठमाडौं । महिलालाई जवरजस्ती करणी गरेको आरोपमा नवलपरासीमा एकजना पक्राउ परेका छन् । त्रिबेणी नगरपालिकाका ५८ वर्षीय रामबहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।

गिरीले घर नजिकै दाउरा काट्न गएकी ४० वर्षीय महिलालाई जबरजस्ती करणी गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गिरीलाई नियन्त्रणमा लिएको हो । घटनाको बारेमा थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्