मालपोत र नापी कार्यालयलाई प्रविधिमैत्री बनाइन्छ – मन्त्री अर्याल



काठमाडौँ । भूमि व्यवस्था, गरीबी निवारण र सहकारीमन्त्री पद्माकुमारी अर्यालले अबको केहि महीना मै काठमाडौँ उपत्यकाको एउटा मालपोत र नापी कार्यालयलाई प्रविधिको हिसाबले नमूनायुक्त कार्यालय बनाउने घोषणा गरेकि छिन् ।

रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षत्कारमा उनले असार मसान्तभित्र काठमाडाँ उपत्यकाका सबै र अबको डेढवर्षभित्र मुलुकका १३१ वटै मालपोत कार्यालयलाई प्रविधिमैत्री बनाउने बताएकी
छन।
मालपोत र नापीमा देखिँदै आएको विकृति र विसङ्गति सुधार्ने भनेको प्रणालीका आधारमा हो, त्यसका लागि सेवालाई प्रविधिसँग जोडेर लैजान र भइरहेको छ, अब पुराना फाइल बोक्ने होइन, पेनड्राइभका आधारमा सेवा प्रदान हुने मन्त्रीले बताइन।

भूमिको सही उपयोग गरी उत्पादन बढाउने र गरीबी घटाउने योजनाका साथ सरकारले निकट भविष्यमै ऐन पारित गरेर कार्यान्वयनमा जोड दिने जानकारी दिँइन।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्