निर्मलाको न्यायका लागि दबाब जारी राख्ने यज्ञराज पन्तको भनाइ



१३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भएको ७ महिना पुरा बितिसकेको छ।यत्तिका समय बितिसक्दा पनि न त हत्यारानै फेला पर्यो न त पन्त परिवारले छोरिमाथि भएको अन्याय संग लड्न सके ।
अन्तत : ३ महिना देखि लगातार पन्तका बुबाआमाले बस्दै आएको धर्ना कार्यक्रम स्थगन गरे।
शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले धर्ना स्थगन गरेका हुन् ।

छोरीको हत्या भएको सात महिना बितिसक्दा पनि सरकार गम्भीर नदेखिएको भन्दै घटनाको प्रमाण मेटाउने प्रहरी कर्मचारीलाई उन्मुक्ति दिने वातावरण सिर्जना भएको र धर्ना बस्दा स्वास्थ्यमा समेत समस्या देखिएकाले स्थगित गरिएको भन्दै कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टलाई ज्ञापनपत्र बुझाए । निर्मलाका परिवारले न्यायका लागि दबाब जारी राख्ने बताएका छन् । धर्ना स्थगितपछि पन्त परिवार उपचारका लागि काठमाडौँ जाने भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्