ललितपुर बम विस्फोट संलग्नमा ६ जना पक्राउ



ललितपुर महानगरपालिका–४ नख्खुस्थित एनसेलको कार्यालय अगाडि भएको बम विस्फोटको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको परिचय खुलाइएको छ ।
घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

घटनामा परी गम्भीर घाइते भएका ३ जनामध्ये ललितपुर भैसेपाटी बस्ने लमजुङ मेलुङका ४९ वर्षीय सिंहप्रसाद गुरूङको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै घटनामा घाइते भएकी ललितपुर महानगरपालिका ४ बागडोल बस्ने २६ वर्षीया प्रतिक्षा खड्कालाई अल्का अस्पताल हुँदै थप उपचारको लागि मेडिसिटी अस्पताल रिफर गरिएको छ ।
यस्तै अर्की घाइते नेपाल मेडिसिटी अस्पतालमा कार्यरत नर्स काभ्रे बनेपाकी २५ वर्षीया निरूसा मानन्धरको सोही अस्पतालमा उपचार भइरहेको छ ।

विष्फोटनबाट एनसेल कार्यालयको सुरक्षा गार्ड बस्ने घरको शिसा र नजिकैका ५ घरका शिसा फुटेर क्षति भएको छ ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुरबाट प्रहरी वरिष्ठ उपरीक्षक समेतको टोली तत्काल घटनास्थलमा खटि गई घाइतेहरुलाई अस्पताल पठाउनुका साथै थप उद्दार कार्य तथा अभियुक्तहरुको खोजी गरेको थियो ।
यसैबीच प्रहरीले एनसेल कार्यालयमा रहेको सीसीटीभीमा कैद भएको फुटेज अध्ययन थालेको छ । फुटेज अध्ययन पछि घटनाबारे थप तथ्य पत्ता लाग्ने प्रहरीले विश्वास लिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्