बोक्सी भन्दै दलित महिलालाइ निर्मम कुटपिट गर्ने माता भनी कबिता श्रेष्ठ प्रहरीको फन्दामा



सरु सुनार .फागुन १५ काठमान्डौ । बोक्सीको आरोपमा कुटपिट गर्ने माता भनिएकी कबिता श्रेष्ठलाइ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकुले आज कोटेश्वर आफन्तकोमा लुकेर बसेको अवस्थामा श्रेष्ठलाइ पक्राउ गरेको हो । दोलखा मालुडाडा ६ घर भएकी रस्मि उपरकोटी बिगत ७ बर्ष देखि काठमाडौ भिमसेनथान आफन्तसंग बस्दै आएकी ३ महिने सुत्केरी रश्मि उपरकोटिलाइ फागुन १२ गते रस्मिकि छोरी रोएपछी माता भनिएकी श्रेष्ठका देबर लगाएत आफन्तले माताकोमा लैजान भनी राती ९ बजे जबर्जस्ती बच्चा सहित रस्मिलाई माताको घरमा लगेर यो बोक्सी हो भनी कुटपिट गरेका थिए । तातो पन्युले ९ बजे देखि राती १ बजेसम्म कुटिएकी थिइन् । रस्मिले फागुन १४ गते महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएकी थिइन्। उजुरी दर्ता पछि प्रहरीले श्रेष्ठको खोजिकार्य तिब्र बढाएको थियो । बोक्सीको आरोपमा कुटिएकी पीडित महिला वीर अस्पतालमा उपचार नभए पछि ट्रमा सेन्टरको इमर्जेन्सी कक्षमा भर्ना गरिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्