एप्पलले पनि ल्याउन सक्छ फोल्डिङ फोन



निर्माणकर्ताहरुले अहिले ‘फोल्डेबल स्क्रिन’ लाई फोन डिजाइनको अर्को ठूलो क्रान्तिका रुपमा हेरिरहेका छन् । अब केही समयमै बजारमा सर्वत्र उपलब्ध हुने सामसुङको नयाँ ग्यालेक्सी फोल्ड र हुवावेको मेट एक्सबारे उपभोक्ताहरुले उत्साहजनक प्रतिक्रिया दिइसकेका छन् । यस्तोमा प्रयोगकर्ताहरुले पनि भविष्यमा कस्तो फोनको अपेक्षा गर्न सकिने भन्ने थाहा पाइसकेका छन् ।

यसरी अहिलेको ट्रेन्डमा आधारित रहेर दुई ठूला कम्पनीले फोल्डिङ फोन सार्वजनिक गरिसकेको हुँदा एप्पल पनि पछाडि पर्न नचाहने अमेरिकी वाणिज्य विभाग एजेन्सी युएस पेटेन्ट अफिसले जनाएको छ । पेटेन्ट्ली एप्पलका अनुसार अहिले एप्पल पनि फोल्डिङ आइफोन निर्माणको कार्यमा लागिरहेको छ । यसरी आइफोनको फोल्डिङ फोन भने ‘इन्टर्नल हिटिङ’ प्रणालीमा केन्द्रित रहेको बताइएको छ भने फोल्डिङ फोनका डिस्प्लेलाई चर्किन वा भाँचिनबाट जोगाउने डिजाइनको प्रयास भइरहेको बताइएको छ । सो फोन २०२० मा आउन सक्ने अनुमान गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्