करणी अभियोगमा १३ वर्षीय बालक पक्राउ



जबरजस्ती करणी गरेको अभियोगमा दाङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

घोराही उपमाहानगरपालिका वडा नं. ४ निवासी एक जना १४ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा रोल्पा जिल्लाको रुण्टीगढी गाउँपालिका वडा नं. १ निवासी १८ वर्षीय किशोर युवराज राना पक्राउ परेका छन्।

प्रहरीका अनुसार फागुन २१ गते रानाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने जाहेरीका आधारमा शुक्रबार पक्राउ गरिएको हो।

त्यस्तै, घोराही उपमहानगरपालिका १० चारबगिया निवासी १० वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ निवासी १३ वर्षीय बालकलाई पक्राउ गरिएको छ।

१३ वर्षीय बालकले १० वर्षीया बालिकालाई फागुन १ गते जबरजस्ती करणी गरेको जाहेरीका आधारमा ती बालकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। बालिकाका बाबुले प्रहरी समक्ष बिहिबारमात्रै छोरीमाथि जबरजस्ती करणी भएको जाहेरी दिएपछि शुक्रबार मात्रै प्रहरीले आरोपित बालकलाई पक्राउ गरेको जानकारी दिइएको छ।

पक्राउ गरिएका दुवै व्यक्ति उपर अनुसन्धान र छानबिन भइरहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्