गुरुकुल एकाडेमि घोराहीको सबल संस्कार



गोविन्द खड्का।
ठुलो गेट भित्र पस्यो नै दुईजना सेक्युरीटीले निगरानी राख्छन् । आवश्यक काम बाहेक अन्यथा भित्र पस्ने अनुमति छैन । भरसक म पनि अरुबेला पस्दैन थेँ । चौथो वार्षिक उत्सवले अवसर दियो । विल बुझाउने फर्किने मलाई यस पटक केहि घण्टा विताउने शौभाग्य मिल्यो ।

थरी थरीका हल्लाले गुरुकुल एकाडेमी घोराहीले चर्चा बटुलेको छ । सकारात्मक वा नकारात्क दुवै कोण बाट व्याख्या र टिप्पनी हुनेगरेका छन् । सारमा विद्यालयको चर्चा चल्नु उपलब्धी हो । यद्यपि विद्यालय परिवारले आलोचना गरेको विषयलाई नकरात्मक पक्ष मान्न सक्छ । आलोचले मान्छेहरुमा कस्तो रहेछ त भन्ने उतसुकता जगाउँछ भन्ने बुझ्नुपर्छ ।
बेला बखत वच्चाहरुलाई बजारमा पठाएर विविध अतिरिक्त कृयाकलाप गराउनाले पनि चर्चा चुलिन्छ । विभिन्न फेसनका बच्चाहरु दौड वा अन्य कृयाकलाप गर्न मुख्य बजारमा छितरीएका हुन्छन् । त्यसरी केहि गरेको देखियो भने ऊ गुरुकुलका विद्यार्थी भनिन्छ । भर्खर श्वरुम बाट झिकेका जस्ता नयाँ स्कुलवसले तिनिहरुलाई खेरबटुल गरीरहेको हुन्छ ।
नयाँ सफा स्कुल वस गुडेको देखियो नै गुरुकुलको भन्ने अनुमान लगाउनेहरुको संख्या पनि बढ्दो छ । बच्चालाई गुरुकुलमा पठाउन पाए हुन्थ्यो भनेर काउकुती लाग्ने मनहरु धेरैभएको अनुमान गर्नसकिन्छ । किन भने विद्यालयको बारेमा टिप्पनी गर्ने चासो राख्नुभनेको चाहना अभिव्यक्त गर्नु हो । त्यसलाई कुन तरीकाले बाहिर देखाउने मात्रै फरक हो ।
सुविधा सम्पन्न ठुला विद्यालय सबैलाई चाहिन्छ भन्ने माओवादिले सञ्चालन गरेको जनयुद्धका दुई थरी शिक्षाको नाराले पुष्टि गरीसकेको छ । जति वेला उनिहरु युद्धमा थिए द्धोयध शिक्षाको अन्त गर्ने नारा उराले । सरकारमा आए । आय स्रोत बढ्यो । बोली विक्ने भयो । कोसेलीपात स्वरुप छोरा छोरी सुविधा सम्पन्न ठुला वोर्डिङले पढाईदिन थाले । विरोधका स्वर सुके । कतिपय अवस्थामा चन्दा सहयोगमा कुरा नमिल्दा बाहेक विवाद गरीदैन । उहिले जस्तो बोर्डि ङस्कुलहरु सबै बन्द गर्नुपर्छ भन्ने कडा आवाज कहिँ कतै सुनिदैन ।
गतिला विद्यालयमा वच्चा पढाउने चाहना आम नगरीकबाट अभिव्यक्त हुनु अनौठो मान्नु पर्दैन । व्यवसायीको ध्यान गुरुकुलले खिचेको छ । त्यहाँ पठाउन सजिलो भने छैन । त्यहाँ पढाई रहेका अभिवावकले चर्को शुल्कको हाउगुजी देखाईरहेका छन् ।

उनिहरु विद्यालयको शुल्क भन्दा धेरै खर्च समय समयमा चाहिने अन्य सामग्रीमा लाग्छ भन्छन् । कृयाकलाप अनुसारका फेसन मात्रै ठुलो धनराशी खर्च हुन्छ भनिन्छ । यो गुणासो पुष्टि गर्न एउटा मात्रै उदाहरण काफि छ मन्टेश्वरीका विद्यार्थीलाई समेत ग्रयाजुयसन गर्दा गाउन लगाउने व्यवस्था गरीयो । विश्व विद्यालयको दिक्षान्त समारोहको वातावरण मन्टेश्वरीमा थियो । त्यो अभिवावककै खर्चले हो ।

त्यस्ता कैयौ कृयाकलाप अभिवावकै लगानीमा हुन्छन् ।
खर्च ठुलोकुरा होईन । बच्चाले घरको भन्दा फरक र जिवनमा उपयोगी हुने के कुरा सिकेरा आयो भन्ने सबैथोक हो । त्यो दृश्य हेरीरहेका अभिवावकले धन्य भगवान मेरो सन्तान अझ राम्रो बनाईदिनु भनिरहेका थिए होला ।

अहिल्यै यति राम्रो भयो विश्व विद्यालयबाट हुँदा झन कति राम्रो होला ? तिनका मनमा सपना र तिर्सना उब्जीयो होला । ति अभिवावकका दिमागमा आफ्नो सन्तानको सुन्दर भविश्यको चित्र तयार हुनपर्छ । त्यसैले त मञ्चमै पुगेर बच्चा संग फोटा खिचाउनेहरुको उत्सुकता रोचक थियो । मेरो सन्तानलाई जसरी तसरी राम्रो विद्यालयमा पढाउँछु भन्ने प्रतिबद्धतालाई अझ दहा्रे बनायो ।
कतै पनि खोट नहुने केहि चिज छैन ।

सबै ठाउँमा ध्यान पुग्दैन । शौचालय जाँदै गर्दा परुष शौचालय अगाडिको शिसा नपुछेको पाईयो । अलि दिन देखिनै नपुछेको होकि भनी शौचालय गएका शरद अधिकारी, यादव सैघाली लगाएत हामिले अनुमान गयौँ । कार्यालय तथा कक्षा कोठाहरुको अबस्था हेर्न पाएनौँ । हामि अतिथिको रुपमा चौथो वार्षिक उत्उवमा सहभागि थियौँ । त्यसबाहेकका गतिविधीमा ध्यान दिनुपर्ने फुर्सद र कारण थिएन ।
त्यहाँका बच्चाहरु धकेला धकेल, ठेला ठेल, कुटा कुट गरेको देखिएन ।

सिष्ट र भद्र संग सहभागि हुन्थे । खासमा विद्यार्थीलाई छुटै वस्ने व्यवस्थाप थियो । सिंगै कक्षा नाच्न मञ्चमा आउँथे । एकै चोटि मञ्चमा त्यत्रो संख्या सामुहिक नाचेको सम्भवत अरु विद्यालयमा भेटेको छैन । यस क्षेत्रका कुनै पनि विद्यालयहरु त्यतिका विद्यार्थीलाई अनुशासनमा राखेर एकैचोटी नचाउनै सकेका हुँदैनन् । व्यवस्थित पाईनु सकारात्मक पक्ष हो ।
त्यसरी मेलो मेसो लगाउने त्यहिँका शिक्षक हुन् । कार्यक्रमको अबधिभर कोहि पनि शिक्षक फुर्सदिला थिएनन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ई अनन्तराज घिमिरे सबै गतिविधि मिहिन तरीकाले ध्यानदिनुभएको थियो । उहाँको चासो त्यहाँको सवालमा थियो ।

अतिथिलाई स्वागत स्वरुप मुश्कान छोड्ने, खुशि व्यक्त गरेको संकेत गर्ने बाहेक सबै ध्यान सिकारीले झै मञ्चमा केन्द्रित थियो । मैले धेरै विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु दिनभरी कार्यक्रममा बस्दा यातना महसुस गरेको पाएको छु । अबसर हो भनि जिम्मेवारी थोरैले बहन गर्छन् । घुरेर हेर्ने इ घिमिरेको नजरले गल्ती गर्ने छुट कसैलाई दिन्नथ्यो ।
त्यसपछि प्रिन्सीपल टिकाजंग विक कुनै कुशल व्यवस्थापक जस्तो देखिनुहुन्थ्यो । उहाँले विद्यार्थी र शिक्षकका चाल र ताल तिरै ध्यान केन्द्रित गर्नुभयो । सायद कमजोरी गरे ईशारा दिन मिल्ने गरी तयारी अबस्थामा अघिल्लो लहरमा बस्नुभयो । त्यस संगै कोर्डनेटरहरु पनि निकै व्यस्त थिए । अतिथिका रुपमा आएका अभिवावक तथा आफन्त संग वियालीने मौका कसैले पनि पाएको थिएन ।

आफ्नो डिउटिमा ईमान्दारीताका साथ खटेका थिए । शिक्षक शिक्षिका तथा कर्मचारी विद्यार्थीकै साथमा रहनुभयो । यस्तै शैलीमा प्रधानाध्यापकले पुरै ध्यान केन्द्रित गरेर अघि बढाएको मावि वालविकासको वार्षिक उत्सवमा राजेन्द्रकुमार श्रेष्ठलाई देखेको थिएँ ।

त्यतिकै सजग र चनाखो गुरुकुलमा प्रिन्सीपल विकलाई भेटेँ । शिक्षक कर्मचारीका पहिरन जसका पनि भिर्खरै निकालेका नयाँ देखिन्थे । विद्यार्थिलाई डिडेस लगाउ भनेर डण्डा लगाउने शिक्षकले आफ्नो पोषाक नलाउने धेरै भेटिन्छन् । विद्यालयमा सबै परिवार त्यसरी सजक र व्यस्त भएपछि सफल नहुनै सवालै आउँदैन ।
त्यसदिनको सबै भन्दा आकर्षक कार्यक्रम नाटक थियो ।

नाटकको निर्देशक एक जना वालक हुनुहुन्थ्यो । कतै न अकमकाई सरर्र सरर्र आउने निर्देशन आफैमा अनौठो लाग्थ्यो । त्यती सानो उमेरमा उहाँले बृहत जनमास अघिल्तीर उभिएर निर्धक्क संग व्याख्या गर्नुभयो । कुनै पनि पात्रहरु अकमकाएनन् सबैले कण्ठ गरेका थिए होला तर आफै मन बाट आएको जस्तै लाग्थ्यो । घोकेको भन्न सकिन्नथ्यो । पात्रअनुसारको पहिरण मिलेको थियो ।

आमा, वच्चा, क्याम्पस प्रमुख हरेक भुमिकाका पात्रहरु वास्तवीक व्यक्ति जस्तै लाग्थे । धेरै खर्च लाग्ने, धनीका सन्तान पढ्ने भनेर परिचीत गुरुकुलमा गरीवको कथा देखाईयो त्यो झन् महत्वको मानियो । यसले ठुलो अर्थ राख्थ्यो । गरीव कस्तो हुन्छ भन्नलाई जवाफ थियो । त्यो जवाफ दिन सक्नु र प्रमुख अतिथि नारायणप्रशाद शर्मा सहित सवै जसोलाई रुवाउनु निकै ठुलो कला हो ।

बरिष्ठ पत्रकार, साहित्यका, राजनीतिज्ञ, सामाजिक अभियान्ता जेजे भनेपनि अपुगहुने प्रमुख अतिथि शर्मा मञ्चमा उक्लिएर पनि भावना थाम्न सक्नुभएन । त्यत्रो प्रभावकारी नाटक प्रदर्शन गर्ने वालवालिकाको खुविको जति प्रशंसा गरेपनि कमै हुन्छ । यस अघि शुभप्रभात माविको मोटिभेषण कक्षमा प्रशिक्षक देशराज दाहालले पनि यस्तै कथा सुनाउनुभएको थियो ।

नाटक मै पहिलो पटक देखेँ । निकै भावुक बनायो । आँशु पुच्छने सहभागिहरुमा म पनि एक थिएँ ।
बच्चा कुटेका नकारात्मक सन्देशहरु गुरुकुलबाट नआएका होईनन् । आफ्नो बच्चा कुट्यो भनेर केहि अभिवावकले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । महंगो विद्यालय भन्नेहरु अधिक छन् ।

दुई थरी शिक्षा चाहिँदैन भनेर गित गाउने हामि जस्ताको त झन् बाहुल्यता छ । हामि विवाद होईन निकास तर्फ सोच्नुपर्छ । राज्यले आफ्नो लगानीमा यत्तिकै स्तरीय विद्यालय चलाउन सक्छ कि सक्दैन ? संघियताले स्थानिय सरकारको काँधमा जिम्मेवारी पठाएको छ । त्यतिकै क्षमता वान विद्यार्थी तयार गर्न सरकार लाग्नुपर्छ । बषौ विद्यालय पढाएका, राज्यको मापदण्डअनुसार तलव खाने र सरकारी सेवा सुविधा तथा तालिम लिएका शिक्षकले जवाफ खोज्नुपर्छ ।

यस्तै राम्रा विद्यालय बनाउनुपर्छ । दश देखि चार बजे सम्म शिक्षकलाई विद्यालयमा बसाल्न गेटमा ताल्चालगाउनु पर्ने अल्छी शिक्षकबाट हुँदैन । भागबण्डा र कामचलाउ व्यवस्थापन समितले पनि सक्दैन । कम्तिमा शिक्षक र व्यवस्थापन समितिका छोरा छोरी पढ्ने सक्ने विद्यालय बनाउनुपर्छ ।

पढ्न आउने विद्यार्थी संख्या चारसय भन्दा धेरै जना जस्तोलाग्ने अभिवावकको उपस्थिति अनुकरणीय छ । सबै विद्यालयमा यसरी अभिवावक उपस्थित हुँदैनन् । शनिवार परेकाले धेरै अभिवावकलाई सजिलो हुनुपर्छ । व्यापार व्यवसाय र जागिर नखानेहरुले आफ्ना सन्तान त्यहाँ पढाउँदैनन् भनेपनि फरक नपर्ला । त्यति मात्रैले होईन । मैले यत्रो रकम खर्च गरेर पढाएको बच्चाले के गरेको रहेछ त ? हेरौँ भनेर घरका दुई तिन जना उपस्थित भएका थिए ।

वच्चाको भविश्यको चिन्ता र लगानीको मायाँले अभिवावकलाई त्यहाँ लगेको थियो । सामुदायीक विद्यालयमा यसरी रहले उपस्थिति नहुने कारण के हो खोज्न जरुरी छ । सामुदायिक विदालयका अभिवावक वच्चाको भविश्य प्रति चिन्तित नबनेकै हुन् ? आफ्नो पैसा लगानी नभएर चासो नदिएका हुन् वा मजदुरीले फुर्सद पाएनन् । यसको जवाफ विद्यालयले दिन सक्नुपर्छ । हरेक शनिवारजसो चर्चमा जाने विश्वासीहरु अधिकांश मजदुर हुन्छन् ।

आफ्नो बच्चाका लागि बर्षमा एक दिन खर्चिन नसक्नुको कारण के हो ? स्थानिय सरकारले यस्ता कार्यक्रम बाट सिक्नुपर्छ । कार्यक्रममा स्थानिय सरकारका प्रतिनिधि भने देख्न पाईएन । न बोालईएको हो कि महत्व नपाएको थाहभएन । गुरुकुल सम्भ्रान्त बर्गको हो भन्नेहरुले अछुतको व्यवहार गर्ने होईन । बरु पाठशाला सम्झिनुपर्छ । अझ निति निर्माताहरुले यस्ता उदाहरणको उपयोग गर्नु अनिवार्य छ ।

केहि विद्यालयलाई गुरुकुल हाउगुजी बनेको छ । आसपासका सामुदायिक विद्यालयले कक्षा थपको सहमति पत्र दिँदैनन् । जानकारी पाए अनुसार यसपटक वालविकास विद्यालयले दियो । राणाहरुले विद्यालय खोल्न नदिएको जस्तै महशुस भयो । आफु भन्दा राम्रा विद्यालय खुल्नु हुन्न भन्ने सामन्ती मानसीकता पाईयोे । हाम्रा विद्यार्थी उता पढ्न जान्छन् र लाज हुन्छ भन्ने डर देखियो ।

यसरी प्रगतिलाई रोक्ने बाधकहरुले देश विनास गर्छन् । प्रतिस्पर्धी बढ्नु विकास हो, शत्रु बढ्नु विनास हो । यति पनि नजान्ने सामुदायीक विद्यालयका कथित अगुवाहरुले गुणस्तरीय शिक्षा दिने आश गर्नु वेकार जस्तै लाग्यो । कामना गर्छु यस्ता गूरुकुल आठ दश वटा खुलुन । पाँच तले भवन बनाउने खर्च शिक्षामा लगानी होस् । प्रतिस्पर्धाले शुल्क घाटोस र सर्वसाधारणका छोरा छोरीले पनि अवसर पाउन् ।

घाटा लागे व्यक्तिले व्यहोर्छ, राम्रा विद्यार्थी निश्के यो दशले उन्नती गर्छ । किन रिस गर्ने । अन्तमा विद्यालयका शिक्षक मुकुन्द गिरीलाई सम्झिइरहेको छु, उहाँको क्षमताको कदर गर्नचाहन्छु । दिनभरी पानी नखाई, नरिसाई, थकानको महशुस नगरी, झर्को नमानी, झिँजो नमानी निकै आकर्षक ढंगले त्यत्रो समारोह एक्लै सहजीकरण गर्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्