कङ्गो रेल दुर्घटना : ३० जनाको मृत्यु



कङ्गो । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको केसाइमा भएको मालबाहक रेल दुर्घटनामा परी कम्तिमा ३० जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

केसाइको प्रहरी स्रोतलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार आइतबार मालबाहक रेल लिकबाहिर गएपछि भएको दुर्घटनामा यसमा यात्रा गरिरहेका ३० यात्रुको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । घाइते सबै जनाको नजिकै रहेका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको मध्यभागमा रहेको रेलको लिक जीर्ण अवस्थामा रहेको र हरेक बर्ष ठूलो सङ्ख्यामा धेरै नागरिकले ज्यान गुमाउने गरेका छन् ।

कमजोर रेल मार्ग,अत्यधिक यात्रु तथा सामानको भार र चालकको लापर्बाही कङ्गोमा हुने रेल दुर्घटनाका लागि जिम्मेवार मानिने गरेका छन् । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्