एकै पटक १० जनालाई भिडियो कल गर्न मिल्ने ‘बिप एप’



काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सिजी लाइफसेलले बिप एप सार्वजनिक गरेको छ। यो एप मार्फत स्मार्टफोन प्रयोगकर्ताले एकैपटकमा १० जनाले भिडियो कल गर्न सकिने छ।

विश्वभर साढे तीन करोड प्रयोगकर्ता रहेको यो एपबाट भ्वाइसकल, म्यासेज, डकुमेन्ट आदानप्रदान सँगै विनियम दर, मौसम सम्बन्धी जानकारी, समाचार लगायतका बारेमा जानकारी लिनसक्ने कम्पनीका प्रवन्ध निर्देशक निर्वाण चौधरीले बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी गराए।

टर्की, जर्मनी लगायत विभिन्न मुलुकमा प्रयोग गरिँदै आइएको यो एप प्रयोगकर्ताले आफ्नो भाषा अनुसारको सेटिङ मिलाएर चलाउन सक्ने कम्पनीले जनाएको छ।

त्यस्तै, एपमा विभिन्न गेम निशुल्क डाउनलोड, लोकेशन शेयर, फलो मी र डिस्कभरी च्यानल लगायत विशेषता रहेको पनि कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार एपमा रहेको सरप्राइज पोइन्टमार्फत सेवाग्राहीले विभिन्न आकर्षक उपहार जित्न सक्नेछन्।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्