सांघाई विश्वकै पहिलो फाइभजी शहर, फोरजीभन्दा सयौं गुणा छिटो



चीनले सांघाई शहर फाइभजी ९पाँचौं पुस्ता० कभरेज र ब्रोडब्याण्ड कनेक्टिभिटी तथा नेटवर्कयुक्त विश्वकै पहिलो शहर भएको दाबी गरेको छ ।

चीन नेक्स्ट जेनेरेशन ९अघिल्लो पुस्ता० मोवाइल नेटवर्कको विषयमा अमेरिका र अन्य देशलाई पछाडि पार्ने कोसिस गरिरहेको छ । फाइभजी, सेलुलर मोवाइल टेक्नोलोजीको अघिल्लो पुस्ता हो, जसले फोरजी नेटवर्कको तुलनामा १० देखि १०० गुणा छिटो स्पीड दिन्छ ।

चाइना डेलीका अनुसार, संघाईमा फाइभजी कभरेज र ब्रोडब्याण्ड गिगाबिट नेटवर्क तयार भएको छ । फाइभजीको सफल परीक्षण भइसकेको छ र आधिकारिकरुपमा यो सेवाको संघाईको हङ्ग काउमा सुरु गरिएको छ ।

फाइभजी सेवा विस्तारको गर्ने मौकामा संघाईको उप–मेयर वू किङ्गले विश्वको पहिलो फाइभजी उपयुक्त फोन हुवावे मेट एक्सबाट भिडियो कल पनि गरेका थिए । चीनले आफ्ना कयौँ शहरमा फाइभजी सेवा विस्तार गरिरहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्