कर्मचारी मर्यादित बनाउन बायोमेट्रिक हजिरि मेसिन जडान



कृष्णनगर  । कृष्णनगर नगरपालिकाका प्रत्येक वडा मा कर्मचारी संयन्त्रलाई चुस्तदुरुस्त बनाउन बायोमेट्रिक हजिरि मेसिन जडान गरिएको छ ।
बर्षौंदेखि जनप्रतिनिधि विहिन रहेको स्थानिय तहका अव्यवस्थित कर्मचारी तन्त्रलाई मर्यादित बनाई सेवाग्राहीलाई सेवा पुर्याउने उद्देश्यले नगरपालिकाको प्रत्येक वडामा बायोमेट्रिक हजिरि मेसिन जडान गरिएको नगरप्रमुख रजत प्रताप शाहले बताउनुभयो । उनले सुचनाप्रविधिलाई प्रमुखताका साथ प्रयोग गर्दै आएको यस नगरपालिकाले डिजिटल प्रोफाइलपछि सो हाजिरि मेसिन जडान गरिएको जानकारी गराउनुभयो ।

नगरभित्रका सबै माध्यमिक विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा पनि हाजिरि मेसिन जडान गर्नुका साथै सिसिटिभी लगाइने योजना छिटै शुरु हुने अधिकृत प्रदिप चौधरीले जानकारी गराएका छन । नगरपालिका भित्र सबै कार्यालयहरु कर्मचारी प्रशासन चुस्तदुरुस्त बनाई हरेक गतिविधिलाई मोनिटरिङ गर्न सिसिटिभी क्यामेराले सहज हुने कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिन्जिवी पौडेल बताउनुहुन्छ।
कृष्णनगर नगरपालिकाले शुरु गरेको सुचनाप्रविधि मैत्री योजनाहरुले नगर बिकासमा टेवा पुग्नुका साथै सुरक्षाका दृष्टिकोणले पनि सहजताहुने राजहंश ईन्फोसिसका संचालक माधव घिमिरेले बताए । हाल कृष्णनगर कार्यपालिका कार्यालय लगायत कुल बाह्र वडामा राजहंश इन्फोसिसले नै सिसिटिभी र हाजिरि मेसिन लगाएको घिमिरेको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्