चार करोड नेपालीलाई चलेको सालको पात दलितको लागि अछूत भन्दै चलेन ।



पात टपरी हुनि नहुनि सल्लैको ? यो गित निकै भाइरल भयो , जुन गित नेपाल आइडल सिजन २ का बिजेता रबि ओढले स्टेजमा गाउँदा गितको लिरिप्स बिगार्यो , गित बिर्सियो भन्दै सर्जक वसन्त थापाले गर्नु सम्मै गरे । सालको पातको टपरी हुनि , नहुनी सल्लैको गितले युटुबमा लगभग ४ करोड नेपालीहरुले हेरे र मन पराए ।

आज यति धेरै नेपालीको प्रिय बनेको सालको पातको टपरी यो सालको पातको टपरी फेरि दलित समुदायको लागि नचल्ने र अछूत भएको छ । दलितले छोएको सालको पात प्युठानको भुमी बिकाश आधारभूत बिधालयका दलित बिद्यार्थीको लागि अछूत भएको छ । सुभकार्य, बिवाहा , भोज ,मठ , मन्दिर , काजकिरिया , चोख्याउदा , या पछिल्लो समयमा विभिन्न रेस्टुरेन्ट , होटलहरुमा पनि प्रयोग गरिदै आएको सालको पात र पातबाट बनाइका दुना, टपरी होला आफ्नै पंरम्परा र संस्कार , ढुङ्गेयुग देखि धातुका भाडा नबन्दा सम्म प्रयोग गरिएका सालका पातहरु , सालको रुखहरुको मह्त्व अहिले पनि उतिकै छ । सालका काठ बलियो , चिल्लो हुनि हुदा काठबाट बन्ने सामाग्री बनाइन्छ भने गाइबस्तुलाइ घासको रूपमा प्रयोग गरिन्छ साथै पातका विभिन्न सामाग्री बनाइ प्रयोग गरिन्छ। तर बिडम्बना जङ्गलको सालको पात पनि अब दलित समुदायको लागि छोए पछि नचल्ने भएको छ ।

जातीय बिभेदको पनि एउटा सिमा हुन्छ विभेद गर्नेहरुको पनि अलिकति मगज त हुन्छ ? यतिसम्म कि जङ्गलका रुखका पातहरु पनि दलितले छुदा छोइन्छ भनि बन्देज लगाइन्छ । प्राय दिनहुुँ जस्तो जातीय विभेद , छुवाछूतका घटनाहरु सामाजिक संजालमा आइरहन्छन् , गत हप्तामात्र ३ ओटा जातीय बिभेदका घटना दर्ता भएका छन् , मिति २०७५/१२/ १९ गते काठमाडौ गोलढुङ्गामा २९ बर्षकी ९ महिने सुत्केरी कल्पना सुनार माथी वल्लोकोठामा बस्ने रिता आले मगरले दलित भन्दै कुटेको घटना र सोही मितिमै प्युठानको मल्लरानी गाउपालिका ५ स्थित भूमि बिकाश आधारभूत बिधालयकी प्र.अ यशोदा श्रेष्ठले आफ्नो बुवाको १३ औं पुन्य प्रसादको कामको लागि स्कुलका बिद्यार्थीलाई सालको पात टिप्न पठाएको तर दलित बिद्यार्थीलाई तिमिहरुले छोएको सालको पात चल्दैन भनी छुट्टी दिएको र भोलिपल्ट बुवाको १३ औं दिनमा दलित विद्यार्थीलाई नबोलाइएको तर अन्य गैरदलित बिद्यार्थीलाई बोलाएर भोजमा सरिग गराए पछि दलित बिद्यार्थीका अभिभावक तथा स्थानीय दलित अधिकारकर्मीहरुले चर्को बिरोध संगै स्थानिय दलित अगुवा गोपिलाल सुनारले जातीय भेदभाव तथा छुवाछूत ( कसुर र सजाय ऎन ) २०६८ अनुसार जाहेरी दर्ता गरेका थिए लगत्तै शिक्षिका यसोदा श्रेष्ठलाई गिरफ्तार गरि मुद्दा अगाडि बढाइएको छ ।

 

पहिलाको अबस्था र घटनाका प्रवृत्ति हेर्दा पछिल्लो समयमा छुवाछूतका समस्या नजानेर नबुझेर भन्दा पनि जानबुझ नै यो समुदाय माथी अहंकार र अहमताबाट नै नियोजित तरिकाबाट प्रहार भएको देखिन्छ । सामान्य बोलचालका क्रममा होस् या उखान , टुका होस् कहिन कतै समुदायलाई लक्षित र होचाएर बोल्ने प्रचलन सासद , मन्त्री देखि उच्च ओहोदाका ब्यक्तिहरुबाट समेत ब्यक्त भएको सुनिन्छ । पछिल्लो समयमा भने जातीय बिभेद र व्यबहार विरुद्ध हरेक ठाउँबाट आवज उठदै आएको सामाजिक संजालमा आएका घटनाबाट पनि विश्लेषण गर्न सकिन्छ ।तर घटना बाहिरिय पनि छुवाछूतको मुद्दा दर्ता नै भए पनि कानुनमा लेखिएको कारवाही भएको भने बिरलै पाइन्छ । जातीय बिभेदका घटनामा देखिने प्रमाण नहुनी हुँदा कानुनी रूपमा पिडकलाई सजाय दिलाउन निकै समस्या देखिएको छ ।

विशेषत पछिल्लो समयमा समाजका सभ्य र सरकारी निकाय र ओहदामा बस्नेहरुबाट नै यस्ता अमानवीय व्यबहार बढदै जादा समाजलाई हामी कता डोराउदै छौ भन्ने प्रश्न उठेको छ । पहिलो पाठशाला आफ्नो आमाको काख र दोश्रो पाठशाला एउटा बच्चाको लागि बिधालय हो । सरस्वतीको मन्दिर बिधालय र गुरु ( देवता) भनी मान्ने शिक्षक , शिक्षिका हुन् । तर त्यही शिक्षिकाले नै आफुले शिक्षा दिने असल र सहि बाटो देखाउने एउटा बिद्यार्थीको असल भबिस्यको केही हदसम्म जिम्मेवारी लिएका शिक्षकबाटै सानोजात , तल्लो जातका तिमी बिद्यार्थीहरु भनी यस्तो विभेद र व्यबहार गरिन्छ भने के त्यो बिद्यार्थी एउटा असल युवा, बन्न सक्छ ? के सिक्न सक्छ त्यो शिक्षिका र बिधालयबाट ? भर्खर मात्र पाइला टेकेका ती कलिला बालमनोबिज्ञानमा कस्तो असर पर्छ ?? भोलि त्यही मानसिकताबाट बितृष्ठा जागेर एउटा अपराधी बन्यो भने त्यसको जिम्मा कसले लिन्छ ?

सुन्दा सामान्य लागे पनि यो विभेद र यो घटना निकै संबेदनशिल रहेको छ । जङ्गलको पात समेत दलितका लागि चल्दैन भन्नू र नचलाउनु यो कहाँ सम्मको बिभेद हो । शिक्षिका यसोदा श्रेष्ठको यो अमानवीय ब्यबहारबाट सिङ्गो समुदायको अपमान र उक्त घटनामा ध्यानाकर्षण भएको छ । शिक्षक पेशा अंगाल्ने शिक्षकहरुको पनि ध्यानाकर्षण हुन जरुरी छ । शिक्षक पेशा र एउटा शिक्षक भएर लाखौ विद्यार्थीको सुन्दर भबिस्यको गोरेटो कोर्ने जिम्मेवारी लिएर यस्ता अमानवीय हर्कतले आम शिक्षक पेशामा आबद्ध सगै सिङ्गो देशकोको पनि लज्जाको विषय बन्नु पर्ने होईन र ? सालको पातको टपरी हुनि ४ करोडलाई युटुबमा चल्यो तर दलितलाई चलेन ।

सरु सुनार – संन्चारकर्मी तथा दलित अधिकारकर्मी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्