ट्वीटरले हटायो डोनाल्ड ट्रम्पको ट्वीटबाट भिडियो



ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक ट्वीटबाट भिडियो हटाएको छ । राष्ट्रपति ट्रम्पले यो भिडियो अनुमति बिना आफ्नो ट्वीटमा राखेको भन्दै ट्वीटरले हटाएको हो ।

फिल्म ‘द डार्क नाइट राइज’ को संगीत राखेर बनाइएको दुई मिनेटको भिडियो ट्रम्पले आफ्नो टाइमलाइनमा पोष्ट गरेका थिए । चलचित्र निर्मात कम्पनी वार्नर ब्रोजले उजुरी गरेपछि ट्वीटरले उक्त भिडियो हटाएको हो । आफ्नो चलचित्रको संगीत प्रयोग गर्न ट्रम्पले कुनै अनुमति नलिएकाले ट्वीटरमा उजुरी गरिएको कम्पनीले जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्