नेपालमा पनि अब “पब्जी” माथि प्रतिबन्ध लगाउने निर्णय



काठमाडौ।नेपाल दूरसंचार प्राधिकरणले पब्जी खेलमाथि प्रतिबन्ध लागाउने निर्णय गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्‍धान ब्यूरो सिआइबी आग्रहमा प्राधिकरणले पब्जीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।पब्जी खेलका कारण विभिन्न घटना भएको भन्दै प्रहरीमा उजुरी परेका थिए।इन्टरनेटको माध्यमबाट खेलिने पब्जीमाथि प्रतिबन्ध लगाउन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको नेपाल दूरसंचार प्रधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए।

पबजी आज बालबालिका तथा किशोरहरूका लागि लत बनेको छ। ‘ यसको क्रेज अहिले नेपालमा मात्र होइन, संसारभरि छ।प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको आग्रहमा प्राधिकरणले आज बिहीबार इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने काम रोक्नका लागि निर्देशन दिएको छ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्