सूचना प्रविधि दिवस नारा तय



काठमाडौं । सरकारले आगामी वैशाख १९ गते मनाउन लागेको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको मूल नारा ‘डिजिटल नेपालः विकास र समृद्धिको आधार’ निर्धारण गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा गठन भएको मूल समारोह समितिको शुक्रबार सम्पन्न दोस्रो बैठकले सो नारा तय गरेको हो । मूल समारोह समितिको उक्त बैठकले वैशाख १९ र २० गते सूचना प्र्रविधिसम्बन्धी विविध कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए । रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्