अन्तत मेलमिलापमा टुङ्गियो दलितको भोज बहिष्कार गर्ने विरुद्ध पीडितले गरेको दक्षिणा फिर्ताको केश ।



काठमाण्डौ,  छोरीको बिवाहा भोजमा सरिक भएर भोज नखाने केही बुद्धिजीवीहरु विरुद्ध सुद्दोधन गाउपालिकाका राम बहादुर बिकले भोज नखाने दक्षिणा मात्र दिने गैरदलितहरु २२ जना विरुद्ध जातीय भेदभाव गरेको भन्दै चन्दा स्वरुप दिएको पैसा नलिने भनी वडा अध्यक्ष मार्फत उक्त दक्षिणा रकम फिर्ता गरेका थिए । विभिन्न दलित अधिकारकर्मी र मानव अधिकारकर्मीहरुले चर्को बिरोध समेत गरेका थिए उक्त घटनालाइ। र सुद्दोधन गाउपालिकामा उक्त कदमको घोरभ्रसना गर्दै न्यायिक समिति समेत बनेको थियोे । विभिन्न संचार माध्यममा समेत यो घटना आइसके पछि । हिजोमात्र दुबै पक्ष राखी ५ बुदे सहमति सगै सामुहिक भोजको आयोजना गर्ने भनी बिबाद मेलमिलापमा टुङ्गिएको छ ।
यस्तो छ ५ बुदे सहमति पत्र
जिल्ला रुपन्देही सुद्धोधन गाउपालिका वडा नम्बर ४ हाड बजार टोल बस्ने राम बहादर बिश्वकर्माकी छोरी बर्ष २२ की आरती बिश्वकर्माको २०७६/०१/०५ गतेका दिन आफ्नै घर निवासमा भएको विवाह कार्यक्रममा केहि स्थानीय गैरदलित पक्ष बाट दक्षिणा उपलब्ध गराएको र भोजमा सरिक नभई बहिष्कार गरेको भन्ने निबेदकको निबेदन उपर यस गाउपालिकाको न्यायिक समितीको पहलमा नागरीक अगुवा राजनैतिक दलका ब्यक्तिहरु बुद्दीजीबी भद्रभलादमी स्थानीय जनप्रतिनीधी दलित अधिकारकर्मी बीच भएको छलफल बाट उक्त घटनामा राम बहादुर बि .कको घर र सिङ्गो दलित समुदायको भावनामा चोट पुगेको महसुस गदै बिवाहा भोजमा सरिक भएर भोज नखाने २२ जना गैर दलितबाट गल्ती स्विकार्दै गदै आइन्दा यस्ता घटना पून दोहरिन नदिन प्रतिबद्धता ब्यक्त गरीयो। घटनामा सृजित समस्याहरु बुँदागत रुपमा सहमति भई मिलमपत्र गरीयो।उक्त घटना न्यायीक समिती द्वारा मिलापत्र गराउदा केहि बिषयहरु आर्थीक सगँ जोडीएको हुदा र गाउपालीकाले समेत यो घटनाको समाधान तर्फ पहल लिनु पर्नै हुदा उल्लेखीत बुदाहरुलाई यथासिघ्र ब्यवस्थापन गरी कार्यन्वयन गरी सर्बसम्मत निर्णय गरीयो।
१ बिद्यमान समाजमा अझै पनि जातीय भेदभाब जस्तो कुसंस्कार जरजर रुपमा कायमै रहेको हुदाँ सबैमा जनचेतना फैलाउन आबश्यक महसुस गरी दुबै पक्ष सम्मेलित एक बृहत अन्तरक्रिया कार्यक्रम गर्नै ,उक्त अन्तरक्रिया कार्यक्रममा सामाजिक सघंसस्था स्थानीय दलित, गैरदलित ,जनजाती महिला ,दलित अधिकारकर्मी ,पत्रकार ,मावबअधिकारबादी ,धार्मीक गुरु,सामाजिक न्याय मन्त्रि सासदंको समेत उपस्थिती गराउने।
२.उपयुक्त समाजका सामाजिक सदभाब कायम गरी आपसी मेलमिलाप सहित नया ढँङग बाट अगाडी बढन र समाजमा राम्रो संन्देश दिन पीडित र पिडकको एकता कायम गर्न ,गाउ समाजका भद्र भलादमी राजनैतिक दल ,नागरिक अगुवा दलित अधिकारकर्मी ,मानब अधिकारकर्मी सबै जातजाती र सघं सस्थां जवप्रतिनिधी पत्रकार,प्रतिनिधी सुरक्षाकर्मी सम्मीलित एक बृहत सहमती गर्ने।
३.यस घटनामा सलग्नं रहेको र उक्त आमा समुह समाबेशी नरहेको हुदा सबै जातजाती सम्मेलित समावेशी आमा समुह बनाउन यस गाउपालीकाले निर्दैशन दिनेl
४.समाजमा पिछडिएको र अति बिपन्न घर परीवार एंवम दलित समुदायको उत्थान बिकास र उनीहरुका योजनाहरलाई गाउपालिकाले आर्थीक ,भैतिक ,नैतिक सहयोग गरी उनीहरुको क्षमता र चेतना बृद्धी गदै यस सुद्दोधन गाउपालिकाका सबै वडाको बिकास सम्बन्धि योजना अगाडी बढाउने र दलित समुदायबाट अगाडी सारिएका योजनाहरुलाई प्राथमिकरणमा पार्न।
५ .यस सुद्दोधन गाउपालिकामा छुवाछुत र जातपात जन्य घटना घट्न नदिने कथमकदाची घटना गएमा तुरुन्त कारवाहीको प्रकृया अगाडी बढाउने साथै यस गाउपालीकालाई छुवाछुत मुक्त गाउपालीका घोषणा उन्मुख गर्ने

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्