गाउँमा कुरा काट्न प्रतिबन्ध



एउटा सानो गाउँ बिनालोननमा कुरा काट्न प्रतिबन्ध छ । फिलिपिन्सको उत्तरी मनिलाबाट करिब दुई सय किलोमिटर टाढा रहेको उक्त गाउँमा कुनै पनि हल्ला नफैलिओस् भन्नका लागि अधिकारीले नयाँ स्थानीय कानून नै बनाए ।

नयाँ कानून अनुसार नचाहेको हल्ला फैलाउनेलाई शहरको फोहोर संकलन गर्न लगाइन्छ । पहिलो पटक कुरा काट्नेले ३।८ डलर तिर्नुपर्ने हुन्छ भने तीन घण्टासम्म सडकको फोहोर बटुल्नुपर्छ । साथै त्यही कुरा दोहोराउनेले २० डलरसम्म तिनुपर्छ । उनीहरुले आठ घण्टासम्म फोहोर बटुल्नुपर्छ । तर उक्त कानूनले के लाई कुरा काटेको मान्ने भनेर निश्चित मापदण्ड भने तोकेको छैन । यद्यपी, मेयर र्‍यामन गुइकोले व्यक्तिको सम्बन्ध र आर्थिक विषयमा कुरा गरे त्यो दण्डनीय हुने उदाहरण दिएका छन् ।

यो नयाँ कानून अचम्मको लागेपनि बिनालोननको छिमेकी गाउँ मोरेनो गाउँमा सन् २०१७ देखि लागू गरिँदै आएको छ । त्यहाँका स्थानीयले सार्वजनिक रुपमा कुरा काटेका कारण करिब १० डलर जरिवाना तिरिसकेका छन् भने दिउँसोको समयमा फोहोर संकलन गरिसकेका छन् ।

कुरा काट्नुलाई मेयर गुइकोले समयको बर्बादी बताएका छन् । उनले भने, ‘यो समयको बर्बादी मात्र हो,’ मेयर गुइकोले भने, ‘मानिसहरुले यो भन्दा निकै राम्रो काम गर्न सक्छन् । कुरा काट्ने प्रवृत्तिलाई प्रतिबन्ध लगाउँदा मानिसहरुको गुणस्तरीय जीवनमा सुधार ल्याउन सकिन्छ ।’ एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्