पर्यटकीय गन्तब्य मार्गापोखरी जाने पदमार्ग बन्ने



इन्द्र नेपाली
तेह्रथुम । तेह्रथुम जिल्लाको पश्चिमी क्षेत्र छथर गाउँपालिकाको शिरमा रहेको पर्यटकीय गन्तब्य मार्गापोखरी जाने पदमार्ग निमार्ण हुने भएको छ । छथरकै मुख्य पर्यटकीय गन्तब्यको रुपमा पोखरीलाई पर्यटकीय रुपमा बिकास गर्न प्रदेश सरकारले रकम बिनीयोजन गरेपछी पदमार्ग निमार्ण हुने भएको हो ।

प्रचार प्रसार तथा संरक्षणको अभाबमा ओझेलमा पर्दै गएको पोखरीमा जाने पद मार्ग निमार्ण हुने भएपछी पर्यटकलाई सहज बन्ने भएको छ । उद्योग बन तथा पर्यटन वाताबरण मन्त्रालय प्रदेश नम्बर १ को आर्थीक बर्ष २०७५/७६बाट १० लाख बिनीयोजन भएपछी पदमार्ग बन्ने भएको छथर गाउँपालिकाले जनाएको छ ।

स्थानीयको श्रमदान १ लाख ८ हजार २ सय ८५ रुपैयाँ र मन्त्रालयका १० लाख गरी कुल लाख ८ हजार २ सय ८५ रुपैयाँ बराबरको लागतमा पदमार्ग निमार्ण हुने भएको हो । छथर १ को डङडङदेखी पोखरी सम्म करिब १ मिटर लामो निमार्ण हुने पदमार्ग छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले मंगलबार एक कार्यक्रमका बिच उद्धघाटन गरेका छन ।

प्राकृतिक रुपमा सुन्दरताले भरीपुर्ण पोखरी सम्म जाने पदमार्ग नहुँदा यही बाटो भए हिड्ने आन्तरिक तथा बाह्रीय पर्यटकहरु मुस्किलले कमै मात्रमा पुग्ने गरेको स्थानीयहरुले बताउने गरेका छन ।

अध्यात्मीक ज्ञानका लागी धामीझाँक्रीहरुले पोखरी बस्ने गरेको पोखरीको आफ्नै बिषेशता रहँदै आएको छ । गुमनाम झै बन्दै गएको पोखरीलाई संरक्षणका लागी स्थानीय सरकारले प्राथमीकतामा राख्दै आएको छथर गाउँपालिकाका प्रबक्ता राजन नेपालीले बताएका छन।

चारैतिर हरीयाली बनको काखमा रहेको पोखरी संरक्षणको अभाबले सुक्न थाले स्थानीयहरुले बताउने गरेका छन । जिल्लाकै पर्यटकीय गन्तब्यहरुमा पर्ने पोखरी परिचीत बन्दै आएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्