मेलान गुल्मीको आयोजनामा नि:शुल्क सुगर परिक्षण



सैघाली संवाददाता

काठमान्डौ। मेडिकल ल्यावोरेटोरी एशोसिएसन अफ नेपाल (मेलान) गुल्मीले रेसुङ्गा नगरपालिका वडा नं. १० सिमिचौरमा नि:शुल्क सुगर परिक्षण गरेको छ । मेलान गुल्मीले आफ्नो १४ औं स्थापना दिवसको अवसरमा नि:शुल्क सुगर परिक्षण गरिएको मेलान गुल्मीका अध्यक्ष केपी भण्डारीले जानकारी दिए ।

सुगर परिक्षणमा करीब दुई सुय जनाले सेवा लिएका थिए । जसमध्ये ३४ जनामा सुगर भेटिएको अध्यक्ष केपी भण्डारीले बताए । सुगर भेटिएका ३४ जनालाई जिल्ला अस्पत्ताल तम्घास रेफर गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

मेलान गुल्मीले गत बर्ष पनी स्थापना दिवसको अवसर पारेर जिल्लाको मालिका गाउँपालिकामा नि:शुल्क सुगर परिक्षण शिविर चलाएको थियो । शिविरमा एक सय ५२ जनाले सेवा लिएका थिए जसमा २० जनामा सुगर भेटिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्