श्रीमानको खुर्पा प्रहारबाट श्रीमतीसहित तीन जना गम्भीर घाइते



सिन्धुली । सिन्धुलीमा श्रीमानको खुर्पा प्रहारबाट श्रीमतीसहित तीन जना गम्भीर घाइते भएका छन् ।

दुधौली नगरपालीका १३ ठाकुर दमारका ४० वर्षीया कृतिकुमारी खत्री आफ्नै श्रीमान तिलकबहादुर खत्रीको खुर्पा प्रहारबाट गम्भीर घाईते भएकी हुन् । उनको हाल धरानमा उपचार भै रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।

यस्तै तिलकबहादुरकै खुकुरी प्रहारबाट उनकै बुहारी २२ वर्षीया सपना खत्री र ठाकुर दमार नै बस्ने १९ वर्षीय शुरेस खड्का पनि घाईते भएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।

शुरेसको धरानमा र सपनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खुर्पा प्रहार गर्ने व्यक्तिको मानसिक सन्तुलन ठिक नभएको र उनलाई अहिले प्रहरी नियन्त्रणमा राखिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्