बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ



काठमाडौं । बहुविवाह मुद्दाका फरार प्रतिवादी मकवानपुर हटीयाकी रिता भन्ने हिरा चौलागाँईलाई चून्नीखेल कपन काठमाडौंबाट सोमबार प्रहरीले पक्राउ गरेको छ । बहुविवाह मुद्दामा उच्च अदालत पाटन हेटौंडाको २०६६ बैशाख २९ गतेको फैसलाले उनलाई २ वर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो ।

२०५५ सालमा प्रतिवादी चौलागाईलाई मुद्दाका अर्का प्रतिवादी ठाकुर प्रसाद चौलागाईले जेठी पत्नी घरमा हुँदाहुँदै जानी जानी विवाह गरेको ठहर गर्दै अदालतले उक्त सजाय फैसला गरेको थियो । सजाय वेरुजु भई फरार हिरालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकी हिरालाई जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं पठाइएको जनाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्