युटुबमार्फत फिल्म क्षेत्रको बदनाम गरेको आरोपमा पक्राउ



काठमाडौं । युटुबमार्फत फिल्म क्षेत्रको बदनाम गरेको आरोपमा एकजना पक्राउ परेका छन् । मेमे नेपालका सञ्चालक भक्तपुर बालकोट बस्ने सुनसरी धरान उपमहानगरपालिका–१४ बिजयनगरका २४ वर्षीय प्रनेश गौतमलाई युटुबमार्फत फिल्म क्षेत्रको बदनाम गरेको आरोपमा शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

मिलन चाम्लिङ राईले निर्देशन गरेको नेपाली कथानक चलचित्र वीरबिक्रम २ को प्रचार प्रसार गरीदिन्छु भन्ने कुराकानीमा निर्देशक राईले नमाने पश्चात प्रनेश समेतले निर्देशक तथा कलाकारको मानप्रतिष्ठामा खलल पुर्‍याउने, चलचित्रको ब्यापार ब्यबसायमा घाटा पुर्‍याउने, गाली गलौज गर्ने र चलचित्रको बदनाम समेत गरेको भनि निर्देशक राईको जाहेरीको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले प्रनेशलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।

उनलाई बिद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको सो महाशाखाले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्