२५ तोला चाँदीसहित पक्राउ



पर्सा । वीरगंज महानगरपालिका–१५ भानु चोकबाट २५ तोला चाँदीसहित सोमबार दिउँसो प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कोल्वी नगरपालिका–१ बस्ने २४ वर्षीय अनिल रामदाम र १८ वर्षीय जिवन रामदाम रहेका छन् ।

प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले टोलीले कलैयाबाट वीरगंज बसपार्कतर्फ जाँदै गरेको बा।९६ प १९११ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक अनिलको साथबाट उक्त चाँदी फेला पारी र मोटरसाइकलमा सवार जिवन समेतलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्