पर्बतको बिहादी गाउँपालिका वडा नम्बर २, पुर्ण संस्थागत सुत्केरी वडा घोषणा



 

अमृत भट्टराई ।आज शुक्रबार बर्राचौर स्वास्थ्य चौकीमा एक कर्यक्रमको आयोजना गरि बर्राचौर्लाई पूर्ण संस्थागत सुत्केरी वडा घोसणा गरियको हो ।
कार्यक्रममा बोल्दै बिहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले बाटो खनेर मात्रै देश समृद्द बन्न नसक्ने भन्दै मानब बिकासका लागि सरकारले स्वास्थ्य शिक्षा लगायतका मानबिय आधारभूत आबश्यकताका क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो ।

साथै उहाँले ‘पोखरा वालिंग जस्ता बिकसित सहरहरुमा पनि पूर्ण संस्थागत सुत्केरी वडा हुन नसकेको अबस्थामा पर्बतको ग्रामिण क्षेत्रमा रहेको बिहादी गाउँपालिका वडा नम्बर २ ले पूर्ण संस्थागत वडा घोसणा गरेर जिल्ला र प्रदेसमै उदाहरणीय काम गरेको उल्लेख गर्नुभयो्र’ भुसालले वडा नम्बर २ बिहादी गाउँपालिकाको नमुना वडा रहेको समेत बताउनुभयो।

बिहादी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष ओम प्रसाद कुँवरको अध्यक्षता,बिहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालको प्रमुख आतिथ्यता,र बर्राचौर स्वास्थ्य चौकी कि अनमी सिता नेपालीको स्वागत मन्तब्य रहेको कार्यक्रमको बर्राचौर स्वास्य्र चौकीका प्रमुख भुपेन्द्रनाथ पौडेलले संचालन गर्नुभयको थियो।

कार्यक्रममा बिहादी गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत ऋषिराम पन्थी,स्वास्थ्य संयोजक हरिप्रसाद भुसाल, सह संयोजक जीवन तिवारी,कार्यपालिका सदस्य खैसरा दर्जी,निर्बाचित वडा सदस्यहरु,वडा नम्बर २ का सचिब बिपिन घिमिरे,रेडियो सत्यबाणी का अध्यक्ष हरि न्यौपाने, राजनीतिक दलका प्रतिनिधिहरु,पत्रकार सुरक्षाकर्मी लगायत वडा बासिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

वडा भित्र रहेका घरहरुमध्य ४२ दिन सम्मका सुत्केरी महिला र गर्भवती महिला रहेको घरमा रातो झन्डा र २ वर्ष सम्मका बच्चा रहेको घरमा निलो झन्डा संकेतको रुपमा राख्ने गरियको हाम्रो सहकर्मी अमृत भट्टराईले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्