निर्मला वली मृत्यु प्रकरण : ज्वाईले नै हत्या गरेको परिवारको दाबि (भिडियो)



 

काठमाडौँ । रुकुम पश्चिम त्रिबेणी गाउपालिकाकी २० बर्षीया निर्मला वली, दाङ घोराही १ सिमलतारा बस्ने पिताम्बर कुवर संग एक बर्ष आघि भागेर बिबाह गरिन् ।जेसिबी चालक रहेका कुवर सँग फोनमा कुराकानी गर्दा गर्दै बैबाहिक सम्बन्धमा बाधिन पुगिन् निर्मला ।

परिवार लाई थाहा नदिई भागेकी निर्मला मंगलबार दाङकै जंगलमा मृत फेला परिन्। निर्मलाका श्रीमान भनिएका पिताम्बरको भने बिगत राम्रो नरहेको र उनलेनै निर्मलाको हत्या गरेको दाबी गरेका छन् ।

पिताम्बरको पहिलानै २ वोटी श्रीमती रहेको र एउटी श्रीमती यसरीनै घर नजिकै झुन्डिएको आवस्थामा भेटिएकी खुलाशा पनि परिवारले गरेका छन् यता पिताम्बरलाई भने प्रहरीले हिरासतमा लिईसकेको छ ।विबाह भएदेखि नै उनीहरु बीच खटपट रहेको र दाइजोको नल्याएको भन्दै विभिन्न किसिमका यातना समेत दिने गरेको भन्दै यसो भन्छन् निर्मलाका परिवार, हेर्नुहोस भिडियो:

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्