काठमाडौमा ४ महिलामाथि सिरिन्ज आक्रमण



 

ललितपुर । काठमाडौमा महिलामाथी सिरिन्ज आक्रमण हुन थालेको छ । दुई साताको अवधिमा काठमाडौंका ४ जना महिलामाथि सिरिन्ज आक्रमण भएको छ ।

मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले महिलाको पेटमा सिरिन्ज खोपेर भाग्ने गरेको प्रहरीले जनाएको छ।
सिरिन्ज आक्रमणमा परेका युवतीहरु अहिले उपचारका लागि टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका छन् ।

युवतीमाथि सिरिन्ज आक्रमणका विषयमा प्रहरीमा समेत उजुरी परेको महानगरीय प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीले बताए। उनले ३ जना युवतीमाथि सिरिन्ज आक्रमण भएको भन्दै प्रहरीमा उजुरी परेको बताए ।

‘ढल्कु र पकनाजोलमा ३ जना युवतीमा आक्रमण भएको बोगटीले बताए । यो काम कसले र किन गरेको हो भन्ने विषयमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्