विपन्न परिवारलाई २५ क्वीन्टल चामल सहयोग



हिमाली जिल्ला रुकुम पूर्वका सिस्ने गाउँपालिकास्थित गरीब, विपन्न तथा द्वन्द्वपीडित परिवारको राहत सहयोगका लागि रुपन्देहीका कोटहिमाइ गाउँपालिकाले २५ क्वीन्टल चामल पठाएको छ ।

प्रदेश नं– ५ को एकमात्र हिमाली तथा भौगोलिक हिसाबले पछाडि परेका रुकुम ९पूर्व० सिस्ने गाउँपालिकाका गरीब, विपन्न र द्वन्द्वपीडित परिवारलाई राहत सहयोगस्वरुप उक्त परिमाणको चामल पठाएको कोटहिमाइ गाउँपालिका रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरेले बताउनुभयो ।

जनप्रतिनिधि, समाजसेवी तथा गाउँका अन्य घरपरिवारबाट सङ्कलन गरी सो परिमाणको चामल पठाइएको उहाँले बताउनुभयो ।

गरीब, असहाय, द्वन्द्व र प्रकोपपीडित तथा आर्थिक अवस्था अत्यन्त कमजोर भएका व्यक्तिलाई पहिचान गरेर तीमध्ये ६ क्वीन्टल चामल वितरण गरिएको र बाँकी चामल पनि वितरण गरिने सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बरालले बताउनुभयो ।चामल पाएपछि उनीहरु खुशी भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्