बृद्धाश्रममा मानब कल्याणको स्थापना दिबस



दांग आसार ४,

मानब कल्याण तथा बाताबरण संरक्षण केन्द्र दांगले बिबिध कार्यक्रम गरि आफ्नो २८ औं  स्थापना दिबस मनाएको छ । आज जेष्ठ  नागरिक सरोकार केंद्र बृद्धाश्रम तेरौटेका १४ जना जेस्ठ नागरिकहरुलाई एक औपचारिक कार्यक्रम बिच खाद्यान,टबेल, साबुन,आटा, दाल तेल, बुरुस, सर्फ लगायतका सामग्री बितरण गरिएको थियो । केन्द्रका अध्यक्ष भरत राज राज देबकोटाको अध्यक्षता तथा जेस्ठ नागरिक सरोकार केंद्र बृद्धाश्रम तेरौटेका अध्यक्षको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन केन्द्रका  सचिब कुमार राज श्रेष्ठले  गर्नु भएको थियो भने स्वागत सस्थाकी उपाध्यक्ष राधा अधिकारीले गर्नु भएको केन्द्रका कार्यक्रम प्रबन्धक प्रदीप मजगैयाँले  जानकारी दिनु भयो।

२०४८ सालमा स्थापना भएको केंद्र देशका बिभिन्न जिल्लामा वातावरण संरक्षण, सामुदायिक विकास, आर्थिक, सामाजिक,शैक्षिक, वातावरण एवं महिला सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्