सुजाताको हत्याको अभियुक्त प्रहरीद्वारा पत्रकार सम्मेलन गरि सार्बजनिक



इन्द्र नेपाली तेह्रथुम

पुर्बी पाँचथरको गोपेटार स्थित एनएमबि माइक्रोफाइनान्सकी कर्मचारी सुजाता तामाङको हत्या आरोपी जिल्लाकै हिलिहाङ ६ निवासी १९ वर्षीय घनेन्द्र लावतीलाई प्रहरीले पक्राऊ गरी सार्वजनिक गरेको छ ।

प्रहरीले फिदिममा पत्रकार सम्मेलन गर्दै प्रहरीले हत्या आरोपी लावतीका साथवाट वरामद गरेको नगद ८१ हजार ७० रुपैंया र हत्यामा प्रयोग भएको खुकुरी पनि सार्वजनिक गरेको हो ।

लावतीले पैसाकै प्रलोभनमा तामाङलाई बाटो ढुकेर गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमूख डिएसपी नरेन्द्र कुँवरले जानकारी दिनुभएको छ ।

हिलिहाङ ६ भारपा निवासी हत्या आरोपी लावती घर नजिकैको जंगलमा लुकेर वसेको अवस्थामा खुकरी र नगद सहित पक्राउ परेको पनि प्रहरीले जनाएको छ ।

तामाङको असार ३ गते अपरान्ह चारबजे हिलिहाङ ६ भारपा स्थित सिटे भन्ने स्थानमा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । इलामको माइ जोगमाइ घर भएकी २१ वर्षीय तामाङ एनएमवि माइक्रोफाइनान्स गोपेटारमा प्रशिक्षार्थी सहायकका रुपमा विगत ६ महिना देखी कार्यरत थिइन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्