वर्षा भएपछि देउखुरीका किसान खेतीपातीमा व्यस्त



 

 

ओमप्रकाश गुप्ता
। गएराती देखि लगातार पानी पर्न थालेपछि देउखुरीका किसानहरू धान रोपाइँमा व्यस्त भएका छन् ।
खेतीपाती गर्न समस्या भइरहेको समयमा मनसुन भएपछि किसानहरु हर्षित भएका हुन् भने गर्मीबाट वाक्क भएका मानिसहरुले राहत समेत महसुस गरेका छन् ।

पानी नपर्दा धानरोपाई गर्न पाइएको थिएन बल्ल पानी परेको छ अव खेतीपाती गर्न पाइयो राप्ती गाउँपालिका ५ का किसान मन्टु चौधरीले बताए । यति बेला मन्टु जस्तै धेरै किसानहरू खेतवारीमै व्यस्त भएका छन् ।

जेठ महिनादेखि नै खेतीपातीको काम गर्नुपर्नेमा बर्षा नहुदा यस्तो समस्या भएको हो । बर्षा भएपछि सबैतिर सितल भएको महसुस भएको छ । यो क्रम तीन दिन चल्ने मौसमबिद्हरुले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्