घरेलु मदिरा नष्ट



 

 

कैलाली । घरेलु हिंसाको कारणका रुपमा रहेको अबैध मदिरा नष्ट गर्ने क्रममा कैलाली प्रहरीले ७ सय ४४ लिटर मदिरा नष्ट गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न वडाबाट अवैध घरेलु मदिरा बरामद गरी प्रहरीले नष्ट गरेको हो ।

धनगढी उपमहानगरपालिकाका होटलहरुमा अवैध घरेलु मदिरा उत्पादन तथा विक्री वितरण भई रहेको विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए ।

छापा मार्ने क्रममा तयारी अवस्थामा रहेको ७ सय ४४ लिटर मदिरा र १७ सय ७० लिटर कच्चा पदार्थ बरामद गरी स्थानीय प्रशासन र जन प्रतिनिधीहरुको रोहबरमा नष्ट गरिएको प्रहरी प्रवक्ता बस्नेतले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्