“स्केज “पेशा बाट नै आत्मनिर्भर बन्दै निरज



सुरेश तिमल्सिना।

 

बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा जन्मिएका निरज कुँइकेल अहिले 20 बर्ष भए , झापाको बुद्धशान्ति 6 का निरजको घरको कोठामा असरल्ल कागज, इरेजर, पेन्सिल र केही फोटोहरु छन , फोटोलाई चित्रमा उतार्न झोक्राइरहेका एक युवक । बितेको चार बर्ष देखि स्केज गर्ने पेशालाइ नै आफ्नो दिनचर्या को रुपमा लिएका छन ।

फोटोलाई चित्रमा उतार्न झोक्राइरहेका एक युवक जसले आफ्नो सानो उमेरमा स्केज कोर्दै जादा अहिले दक्ष भएका छन , सामाजिक सञ्जालको सहयोगले अहिले स्केच उनको पेशा बनेको छ ।

अहिले उनलाई स्केच गर्न भ्याइ नभ्याइ भएको कुरा उनी बताउछन । जापान, अमेरिका, क्यानाडा लगायतका बाहिरी मुलुक बाट समेत उनको स्केचको माग भईरहेको कुँइकेलले बताए ।

नेपालको राजधानी काठमाडौं , बुटवल, दाङ, पोखरा लगायतका अन्य जिल्लाहरुमा पनि उनको स्केचको माग भएको छ । स्केच बनाउन उनले आफ्ना बाबुबाट सिकेको कुरा निरज बताउछन ।

 

उनका बाबु ‘वालपेन्टर’ हुन् , बिदेशमा वाल पेन्टिङको काम गरेर आएका बाबु कृष्णले नेपालमा पनि लामो समयसम्म त्यसलाई निरन्तरतता दिए । बाबुको कलाबाट प्रभावित भएका उनले वाल पेन्टिङलाई पेशा बनाएनन् । उनले त्यसलाई परिस्कृत गर्दै आकृति उतार्ने पेशा बनाएको बताए ।

अहिले उनी स्वदेशमा मात्र नभएर बिदेशमा पनि स्केजको माध्यम बाट चिनिन सफल भएका छन । स्केचलाई सामाजिक सञ्जाल फेसबुकले पेशा बनाउनका लागि सहयोग गरेको उनी बताउँछन् ।

 

उनले आफुजस्तै स्केच गर्ने अन्य साथिहरुको माध्यम बाट स्केच पेशा सिकेको अनुभव कुँइकेलले सुनाए । सानैदेखि स्केच बनाउन थालेका कुँइकेलले त्यसलाई पेशाको रुप दिएको धेरै समय भने भएको छैन ।

‘जव सामाजिक सञ्जालमा जोडिए, तब देश बिदेशबाट माग हुन थालेको हो, कुँइकेलले भने, ‘एउटा स्केच बनाएर फेसबुकमा अपलोड गरेपछि अरु चारदेखि पाँचवटासम्म बनाउन माग हुने गरेको छ ।

माग बढी भएका कारण अहिले कुँइकेललाई स्केच बनाउन भ्याई नभ्याई भएको बताउँछन् । स्केज पेशालाइ निरन्तरता दिदै आएका निरजले आफ्नो स्थान वरपर हुने विभिन्न कार्यक्रममा आफुले तयार गरेको स्केजलाइ प्रदर्शन गरिरहेका छन ।

 

प्रदर्शन बाट पाएको पारिश्रमिकलाई उनी स्केज बनाउन आवश्यक सामाग्री खरिद गर्न प्रयोग गर्दछन । उनि अहिले रातको 11-12 वजे सम्म पनि स्केज कोरिरहेका हुन्छन सामान्य खालको एउटा स्केच बनाउन कुँइकेललाई ५ घण्टा लाग्छ । कुनै कुनै स्केच भने लगातार काम गर्दा १२ घण्टासम्ममा सक्काउने गरेको कुँइकेल बताउँछन् ।

उनले स्केच बनाउँदा ग्राफ गरेर शुरु गर्ने गरेको बताए । मानिसको नक्सा बनाउँदा फोटो कस्तो एङगलमा छ त्यही अनुसार शुरु गर्ने उनी बताउँछन् ।

बिज्ञान बिषय लिएर कक्षा १२ सम्म अध्ययन गरेका कुँइकेलले अबका दिनमा स्केच बनाउने कामलाई नै पेशा बनाउने भएका छन् । सञ्चारकर्मी समेत रहेकी दिदी नविना कुँइकेलसँग बिर्तामोडमा डेरा गरेर बस्दै आएका निरज भन्छन स्केज पेशा बाट नै मैले जिविकोपार्जन गरिरहेको छु ।

कार्टुन र स्केचमा के फरक छ ? ‘कार्टुन वास्तविक हुदैन, हो कि जस्तो, होइन कि जस्तो हुन्छ, स्केच वास्तविक हुनुपर्छ, अलिकति तलमाथि भयो भने स्केच असफल भएको मानिन्छ, कुाइकेलले भने, ‘जति धेरै मिहेनत त्यति धेर राम्रो स्केच बनाउन सकिन्छ ।’ आफुले बनाएको स्केच २ हजारदेखि ५ हजारसम्ममा बिक्रि गरेको उनी बताउँछन् ।

 

स्केच निर्माणका अतिरिक्त दुइटा बिद्यालयमा सामान्यतया आधारभुत खालका स्केच बनाउन सिकाउने कुँइकेललाई जिवनयापनका लागि त्यसले सहज बनाएको कुइकेल बताउछन ।

 

स्थानीय कच्चा पदार्थको माध्यम बाट पनि स्केज कोर्न सकिने , डाक्टर , पाइलट , इन्जिनियर जस्ता पदलाइ मात्र नभएर स्केज पेशालाई पनि नेपाल सरकारले उत्तिकै महत्त्व दिने हो भने स्केज पेशाको माध्यम बाट बिदेश पर्यटक भित्राउन सकिने , विभिन्न स्थानमा सजाउन सकिने , बिदेशी मुद्रा भित्राउन सकिने , अन्तर्राष्ट्रिय मित्रता बढाउन सकिने कुरा निरोज बताउछन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्