घरमै बस्दा सामिप्यताको साटो झन बढि हिंसा



कोरोना भाईरसकोमहामारी जब बिश्वव्यापी रुपमाफैलिनथाल्यो, बिश्वकाथुप्रै देशहरुले यसबाट बच्ने उत्तमविकल्पको रुपमा लकडाउनलाई रोजे र आफ्ना नागरिकलाई सुरक्षित रहनघरभित्रै बस्न आव्हान गरे । यो बन्दाबन्दीले मानिसको जीवनयापनमा कठिनाई त थपेको छ नै साथसाथै परिवारसँग समय बिताउन, घरायसी अपुरा काम गर्न, बालबालिकासँग समय बिताउन, करेसाबारीमाकाम गर्न, घर भित्रको काममा सघाउन र श्रीमानश्रीमतिलेएकअर्कालाई बुझ्ने ठुलो अवसर सृजना गरेकोछ । तर दुर्भाग्यहाम्रो जस्तो अल्पबिकसित देशहरु जहाँअधिकांशनिर्णय पुरुषको तजविजमा चल्दछ, सम्पत्तिमाथिको अधिकार र घरमुलीको जिम्मा पुरुषलाई नै सुम्पिने गरिन्छ साथै सेवातथाअवसरहरुमापुरुषप्रधान नै हुन्छ र महिलालाई अधिनमा राखे मात्रै पुरुषत्वकहलिने प्रचलन छ त्यहाँघरधन्दाको कामहरु जस्तै खानापकाउने, भाडा माझ्ने, लुगाधुने, घरको सरसफाई गर्ने, बालबालिकाको स्याहार सुसार गर्ने र मेलापात गर्ने काममहिलाको मान्ने प्रचलन छ भने घरबाहिरको बिशेषतःआम्दानीआउने काम पुरुषको हो । यदिमहिलाले गर्नु पर्ने भनितोकिएकाकामहरु पुरुषले गरेमा पुरुषत्व नरहने भन्ने हानीकारक सामाजिकमान्यताभएकाले घरधन्दाको कामको बोझले पुरुषहरु घरमै बस्दा पारिवारिक सामिप्यताबढ्नुको सट्टा महिलाहरुले झन बढी हिंसा बेहोर्नु परेको छ ।

समग्र, लैंङ्गिकउत्तरदायी र जवाफदेहीन्यायमापहुँच सुदृढीकरण (सहज) परियोजनाद्धारा प्रदेश नं. २ र ५ का ३३ वटा पालिकाका ३३० घरधुरीमा गरिएको दु्रत परिवेश बिश्लेषणको प्रतिवेदनअनुसार लकडाउनले परिवारसँगै बस्ने रमाउने वातावरण सृजना त गरेकोछ तर सँगसँगै ४५ प्रतिशत परिवारमा लैंङ्गिक हिंसा बढेको पाईएकोछ । धेरै जसोले लकडाउनका कारण घरायसीकामको बोझ बढेको र पुरुषहरुले आफ्नो नैराश्यतामहिलामाथिखन्याउने गरेको अनुभव राख्नु भएको थियो भने दैनिकआधारभुतआवश्यकताको व्यवस्थापनको बिषयले हिंसालाई बढवा दिएको पाईएको छ ।

राष्ट्रिय महिलाआयोगले २०७७ साल जेठ २५ गते सार्वजनिक गरेको हेल्पलाईनको रेकर्ड अनुसार चैत्र २०७६ साल ११ गते देखि २०७७ साल जेठ १० गते सम्म १ हजार ३ सय ६१ वटा फोनहरु आएकोमा ६०४ वटा फोनहरु महिला हिंसासँग सम्बन्धितथिए। आयोगकाअनुसार मानसिक हिंसा १६ प्रतिशतले वृद्धि भएको छ । लकडाउन अघि २ महिनामा ३८ प्रतिशतथियो भने लकडाउनमा ५४ प्रतिशतपुगेकोछ । शारिरीक हिंसा ५ प्रतिशतले वृद्धि भएको पाईएकोछ । यस अघि २३ प्रतिशतथियो भने लकडाउनको अवधिमा २८ प्रतिशतपुगेकोछ । त्यसै गरी यौनिक हिंसा २ प्रतिशतले बृद्धि भएकोछ । महिलापुनःस्र्थापना केन्द्र (ओरेक) को तथ्यांकअनुसार लकडाउन शुरु भए देखि जेठ २७गते सम्म ६२४ जनामहिलातथाबालबालिकाहरुमाबिभिन्नप्रकारका हिंसा भएका छन भने ६१ प्रतिशतमहिलामाथि घरभित्रैबाट हिंसा भएको पाईएकोछ ।

यो तथ्यांकले हिंसाको मुख्यश्रोत घरभित्रै हुन्छ र लामो समय सम्म घरभित्रै बस्दा हिंसा बढ्ने रहिछ भन्ने प्रमाणित गर्दछ । नेपालप्रहरीको रेकर्ड अनुसार लकडाउन शुरु भएको मिति २०७६÷१२÷११ देखि २०७७÷२÷१७ सम्म १०९३ जनाले आत्महत्या गरेका छन । यो तथ्यांकले दैनिक १५ जनाले आत्महत्या गरेको देखाएकोछ । लकडाउनकै समयमा रुपन्देहीमाआफ्नै बाबुले १५ बर्षिय छोरीलाई बलात्कार गरेका छन । बालिकाको किटानी जमहेरीको आधारमा ४० बर्षिय बाबुलाई पक्राउ गरिएकोछ । यसै अवधिमाबाँकेको बैजनाथगाउँपालिकामा बैंकको गार्डको रुपमाकाम गर्ने श्रीमानले कोदालोले हानीश्रीमतिको हत्या गरेका छन । परपुरुषसँगफोनमा कुरा गरेको, अनलाईनमा कुरा गरेको, ईन्छा विपरित महिनाबारी भएको समयमापनिपतिले यौनहिंसा गरेको रचरित्रहत्या गरिएकाउजुरीहरु राष्ट्रिय महिलाआयोग र प्रहरीमाआएको लगायतपतिको चरम मानसिकयातनाले मनोसामाजिक समस्या बढेको तथ्यांक राष्ट्रिय महिलाआयोग, सिएससी नेपाल, टिपियो नेपाल जस्ता मनोबिमर्श सेवाप्रदान गर्ने संस्थाहरुसँग रहेकोछ । विभिन्न देशहरुमाविभिन्नपत्रपत्रिकाहरुले पतिपत्नी सँगै बस्नु तनावपुर्ण भएको, आफ्नो हिसावले समय विताउननपाउदातनाव बढेको, आत्माहत्याको दर बढेको र सम्बन्धबिच्छेद बढेको देखाईरहेको पाईन्छ।

यी त तथ्यांकमाआएकासिमित घटनाहरु भए तर अधिकांश लैङ्गिक हिंसाका घटनाहरु पारिवारिक दवाब, ईज्जत र मानप्रतिष्ठा लगायतकानुनी अज्ञानता, खर्चिलो तथा ढिलो न्यायसेवा प्रणालीले गर्दा बाहिर आउदैनन भने अर्को तिर पित्तृसत्तामाआधारित हाम्रो वैवाहित र पारिवारिक संस्थाभित्रकाआचार व्यवहार कहिले नाता सम्बन्धकानाममा, कहिले आत्मीय सम्बन्धकानाममा, परम्परा, मर्यादा र सामाजिकअभ्यासको नाममा लैंङ्गिक हिंसाका घटनालाई सहजै स्वीकार्य बनाईन्छ । हिंसाकै रुपमा गणना नहुने तर प्रायमहिला सधै प्रताडित भईरहने अर्को बिषयहो घरधन्दा । लकडाउनले यो मार महिलामाथिअझ बढाएको पाईन्छ । स्कुल, कलेज, कार्यालय, कल कारखानालगायतबन्दहुदा परिवारका सबै जनादिन भरी घरमै बस्ने र महिलाले धेरै पटक धेरै थरी परिकार पकाउनु पर्ने, भाँडा माझ्नु पर्ने, कपडा धुनु पर्ने, घरको सरसफाई गर्नु पर्ने जस्ता कार्यबोझका साथसाथै चहानहुदावानहुदा यौनको लागितयार हुनु पर्ने अवस्थाका साथै कुनै परिवारमा अभावका कारण पारिवारिक किचलो सहनु पर्ने, कामनहुदामादकपदार्थ सेवन गरेर अनाहकै कुटाई खानु पर्ने अवस्थाले महिलाहरु अपमानितहुनुका साथै विभेदपूर्ण जीवनजीउनबाध्यभएका छन ।

नेपालको संविधान २०७२ ले मौलिकहक र कर्तव्य अन्तरगतधारा १६ सम्मानपूर्वक बाँच्नपाउने हकको उपधारा १ मा प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्नपाउने हकहनेछ भनिउल्लेख गरिएकोछ । त्यसै गरी धारा १८ समानताको हकको उपधारा ३ राज्यले नागरिकहरुकाबीचउत्पक्ति धर्म, जाति, लिंग, आर्थिक अवस्थाभाषा, क्षेत्र, बैचारिक आस्थावा यस्तै अन्यकुनै आधारमा भेदभाव गरिने छैन भनिउल्लेख गरेकोछ । साथै धारा ३८ महिलाको हकको उपधारा ३ मामहिला बिरुद्ध धार्मिक, सामाजिक, साँस्कृतिक परम्परा, प्रचलनवाअन्यकुनै आधारमा शारिरीक, मानसिक, यौनजन्य, मनोबैज्ञानिक वाअन्यकुनै किसिमको हिंसाजन्यकार्य वाशोषण गरिने छैन । त्यस्तो कार्य कानूनबमोजिम दण्डनीय हुनेछ र कानूनबमोजिमक्षतिपूर्ति पाउने हकहुनेछ र उपधारा ६ मा सम्पत्तितथापारिवारिक मामिलामादम्पतीको समानहकहुनेछ भनिउल्लेख गरिएकोछ । तर जब सम्म महिलालाई मुल्यहिन, दोश्रो दर्जाको नागरिक र हेयको दृष्टिकोणले हेरिन्छ ऐन कानुनमाउल्लेखितप्राव्धानहरु कागजमामात्रै सिमित हुनेछन ।

महिलापुरुषबीचको असमानशक्ति सम्बन्धले एक अर्काका परिपुरकको सट्टा प्रतिस्प्रधिको रुपमाउभ्याई दिएकोछ । घरायसीकामको सम्मान र समानजिम्मेवारी, समविकासको लागिअनिवार्य पुरुष सहभागिता, हानीकारक सामाजिकमान्यतातथाअभ्यासहरु तोड्न अग्रपंतीमालाग्नेलाई उत्प्रेरणा तथा परिचालन, समुदायकाप्रभावशालीव्यक्तिहरुको पहिचानतथा परिचालन, सकारात्मक पुरुषत्वको प्रवद्र्धन, प्रभावितको पक्षमाआम समुदाय र जवाफदेहीतथा पिडितमैत्री सुरक्षा रन्याय सेवा प्रणाली भएमात्रै मौनताको संस्कृतिलाई तोड्न र न्यायखोज्ने प्रवृत्तिलाई बढाउन सकिन्छ ।

लेखक बिष्णु नेपाली ईन्टरनेशनल अलर्टका बरिष्ट कार्यक्रमअधिकृत हुनुहुन्छ । प्रस्तुत लेखमा व्यक्तबिचार तथा धारणा लेखकका निजि हुन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्