मेघराज रसाइलीको ‘आन्तरिक विभेदको वृत्तान्त’ सार्बजनिक



गत सनिबार राष्ट्रिय सभागृहमा समता फाउन्डेसनको समता उत्सब कार्यक्रममा रसाइलीको आन्तरिक विभेद विरुद्धको वृत्तान्त लोकार्पण भएको हो । युवा तथा खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्मा, माननीय निरा देबि जैरु , माननीय रामपृत पास्वन लगायतले लोकार्पण गर्नु भएको थियोे ।

जात तागाधारीका लागि प्रगतिको सिंढी, दलितका लागि दुर्गतिको दलदल । गैरदलितले दलितलाई गर्ने विभेदको कुरा धेरै उठ्छ । तर दलित समुदायभित्रका विभेदको कुरा उठ्यो कि ‘तै चुप मैं चुप’ हुन्छ । जातव्यवस्थाबाट दलित मात्रै होइनन्, गैरदलित पनि पीडित छन् । तर जातव्यवस्थाले पीडाभन्दा बढी सुविधा दिएकोले जातप्रति गर्व गर्ने प्रवृत्ति छ । जातव्यवस्थाकै कारण बाहुनले बाहुनलाई छुवाछूत गर्छन्, दलितले दलितलाई । यस्तो आन्तरिक विभेदले उठाएका प्रश्नमा नाजवाफ भइरहने र घोसेमुन्टो लगाएर भाग्ने छूट छैन ।

प्रश्न गर्ने र जवाफ खोज्ने प्रयास हो : ‘आन्तरिक विभेदको वृत्तान्त’ मेघराज रसाइली डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनीसँग समसामयिक राजनीति, सुशासन, सामाजिक न्याय र सीमान्तीकरणजस्ता विषयमा काम गरेको अनुभव छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्