मसँग प्रेम गर्नेहरू



सँसारमा प्रेम गर्नेहरू
कहिल्यै एक्लो हुँदैनन्
मसँग प्रेम गर्नेहरू त
आफैँ बन्छन् सबैको प्रेमी

उकालो चढदानै भेटिने हो सबै कुरा
जस्तो कि चुचुरा पुग्न तिमी उकालो चढदा
भेट्नेछौ तिमीले
कुहिरो ब्युँझाइरहेका काला कागहरू
भित्ताभरी रँग पोतेर चलायमान डाँफे ,मुनाल,मलेवा
र न्वाराननै नगरिएका असँख्य चराहरूका समय ब्यूझाउँने आवाज
र भेटनेछौ
चुचुरा चुचुरा चहारेर पेट भरिरहेका
याक ,नाक,झोक्पा र भेडाहरूका घाँटीमा झुन्ड्याइएका
घण्टीका आवाजहरूले म सँग प्रेम गर्नेहरूले
प्रेमसँगै पाउँनेछन्
सँसारका सबै बिचित्र कोसेलीहरू
सारेगम मिसाइरहेका हिमाल ब्युँझाउँने हावाहरूलाई

म सँग प्रेम गर्नेहरूले
प्रेमसँगै पाउँनेछन्
सँसारका सबै बिचित्र कोसेलीहरू

साँचों प्रेम गर्नेहरूले
भेट्नेछन्
झरनाको पहिलो जरूवा
हिउँको पहिलो कण
बादलका जीवनशील पहिला चित्रहरू
र हावाको पहिलो झोक्का

साँचों प्रेम गर्नेहरूलेनै
पारेका छन् आजसम्म
हिमाललेझै उज्जर शिर

मसँग प्रेम गर्नेहरू
हार्दैनन् जीवनका कुनै उकालाहरूसँग ।

-२०७६ भाद्र २५ बुधवार
डोले गाउँ,गोक्यो पदमार्ग,सोलुखुम्बु

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्