सी दिन हिडेका हुन् , लिन होईन – बलदीप प्रभाश्वर

जिन्पिङको भ्रमणबाट ओली सरकारले लिने लाभ


विश्वमा कागज, छापामेशिन, कम्पास र बारूदको सबैभन्दा पहिले आविष्कार गर्ने चाईनिज पुर्खाको सन्तान सि जिन्पिङहरू भुमण्डलीय विकासको रणनीति वान बेल्ट, वान रोडू मार्फत विश्व विचरण गरिरहेको सन्दर्भमा आज नेपाल पनि सुचीमा परेको रहेछ ।

चिनले हिजो इतिहासमा एसियालाई युरोपसंग जोड्ने सिल्क रोड (रेशमी मार्ग) पनि बनाई दिए । तर पछि आफैले बनाइदिएको मार्ग र आविष्कार गरेको प्रविधि आफैलाई आत्मघाती भयो । आफूले आविष्कार गरेको प्रविधिहरू रेशमी मार्ग हुँदै युरोपमा भित्रिए । चाईनिज आविष्कारलाई भरपुर तरिकाले युरोपले प्रयोग गरे । त्यही कम्पास र बारूदको प्रयोग गर्दै युरोपीहरूले भारतीय उपमद्वीप खर्लप्पै खाए र चिनको मुखै नजिक हङकङ पुगे । चिनलाई हायलकायल बनाए ।

चिनले अब ती गुमेका आफ्ना साख र प्रतिष्ठालाई नविनतम तरिकाले पुनस्थापित गर्नुपर्छ भन्ने चेत जिनपिङको पिढीमा पलाएको छ । विश्वलाई विकास र अन्तर्राष्ट्रिय भाईचाराको गुलियो जहर पिलाउदै विश्वको एकमात्र शक्तिशाली राज्यको रूपमा स्थापित हुने उदेश्यले मैदानमा उत्रिसकेको छ । त्यको लागि चिनको एकमात्र परियोजना हो, ूबेल्ट एण्ड रोड ईनिसियटिभू ।

नेपालको इतिहासमा भुल्न नहुने सानो घट्ना

आजभन्दा ६० वर्ष भन्दा पहिले टंक प्रसाद आचार्यको कार्यकालमा चिनको प्रम चाउ ए लाई नेपाल आएर नेपाल र चिनको घनिष्टता प्रगाढ छ भन्ने जनाउन अंग्रेजीमा यसो भनेका थिए chinese people and nepalese people belong to same blood (चिनियाँ र नेपाली जनता एउटै रगतका हुन् ) तर चाउ एन लाईको यो भनाईबाट नेपालका बाहुन बुद्धिजीवीहरूलाई पचेन र उनीहरूले यो भनाइको प्रतिवाद स्वरूप दिल्लीमा कास्मिरी पंडितहरूलाई विरोध गर्न लगाए । चाउ एनलाईको यस भनाइलाइ उल्टो अर्थ लगाइयो । चाउले नेपाली जनता भनेर आदिवासीहरूलाई मात्र जोड दियो किनभने नेपालका आदिवासी र चिनियाँ भनेको एउटै रगत नश्लका हुन् भन्ने अर्थ लगाइयो । यसो हो भने आदिवासीलाई चिनले काखी च्याप्न सक्छ भन्ने त्रास बाहुन वुद्धिजीवीमा थियो ।

यस्तो त्रास हुनुमा विगत पृष्ठभुमी पनि त्यस्तै थियो । अग्रेजले भारतलाई छाड्ने बेलामा दार्जिलिङका प्रतिनिधिहरू आएर दार्जिलिङलाई नेपाल नै गभ्नको लागि अंग्रेजसंग पहल गर्न भनेर राणाहरूलाई भने । तर राणाहरूले त्यसलाई ठाडै अश्विकार गरे किनभने यदि दार्जिलिङलाई नेपालमा नै ल्याउने हो भने दार्जिलिङमा रहेका मतवालीहरू पढेलेखेका हुन्छन् र उनीहरूले आफ्नो सत्तालाई खतरा पार्छन् भन्ने भय उनीहरूमा थियो । हिजो राणाहरूलाई धपाउने सशस्त्र योद्धाहरू मतवाली ९आदिवासी० हरू नै थिए र उनीहरूले रामप्रसाद राईसंग मिलेर सिहदवार कब्जा गरेका र पछि राई चिन पलायन भएको हल्ला पछिसम्म रहेका थिए । चाउकै भ्रमणताका खगेन्द्रजंग गुरूङ भन्ने व्यक्ति चल्तिफुर्तिका थिए । उनले पश्चिमबाट १ लाख गुरूङ मगर , काठमाडुबाट १ लाख नेवार र पुर्वबाट १ लाख राईलिम्बु ल्याएर सिहदरवार घेराउ दिने धम्कि दिन्थे । यही परिवेशमा सत्ताधारी बाहुनहरू चाउको त्यो भनाईबाट झस्किएका थिए ।

जिन्पिङको भ्रमणबाट ओली सरकारले लिने लाभ

दिल्लीले बेलाबेला पेल्न खोज्दा हामीसंग शक्तिशाली बेजिङको साथ पनि छ है भनेर दिल्लिलाई झसङ्ग पार्ने नीति बाहेक अरू केही पनि होइन, जिन्पिङलाई ल्याउनु ।

जिन्पिङ दिन हिडेका हुन्, लिन होइन । दिएको कुरा पनि लिन चाहन्नन् नेपालको सरकार । चिनले विकासका पुर्वाधार सडक, नाका र बजार दिन चाहन्छ । तर चिनबाट पाउने यो चिज ओलीहरूले लिन चाहन्नन् । बरू नाकाबन्दी सहेर र कुरेरै भए पनि नाका, सडक र बजार भारतकै चाहन्छन् ओलीहरू । नाका र सडकबाट त सामानमात्र भित्रने होइन, सँस्कृति पनि भित्रन्छन् । भारतीय नाका र सडकबाट त गीता, रामायण, महाभारत, मनुस्मृति, योगी, जनै, कात्रो पनि भित्रन्छन् । तर चाइनिज नाकाबाट यस्तो चिज आउन्न । चिनको नाकाबाट त अर्कै अनुहारहरू भित्रन्छन् । अर्कै सँस्कृति भित्रन्छन् । कन्फुसियन, लामाहरू भित्रन्छन् जो ओलीहरूको धर्मसँस्कृति भन्दा फरक हुन् ।

जसरी भारतीय नाकाहरूको फाइदा उठाएर मधेसीले ओलीहरूको सत्तालाई चुनौति दिएका छन् त्यसरी नै उत्तरको नाकाहरूबाट त्यो सुविधा आदिवासीलाई दिन चाहन्न । अहिलेसम्म उत्तरका नाका विस्तारको लागि गम्भीर चासो ओलीहरूले लिएकै छैन ।

ओलीले जिन्पिङसंग उत्तरका नाका र त्यसको संख्या विस्तारको लागि यो भ्रमणलाई प्रयोग गर्न चाहन्न । चाहेको खण्डमा चिनको लागि त्यो ठुलो विषय होइन । नेपाली नाकाबाट तिब्बति शरणार्थी चिन भित्रने भन्ने भयले नाका बिस्तार नभएको भन्ने होइन ।

ओली सरकारले चिनसंग माग्ने भनेको चिनमा छात्रवृत्ति र वर्कशप भ्रमण मात्र हो । छात्रवृत्ति र वर्कशप भ्रमणमा जानेभनेको ओलीहरूको आफन्त परिवार र कार्यकर्ता मात्र हुन् । त्यसमा राउटे, दलित, गरिव किसानका छोराछोरीले ठाउँ पाउने होइन ।

यद्यपि, चिनियाँ प्रमको नेपाल अगमन सद्भाव भ्रमण होस् ।

बलदीप प्रभाश्वर चामलिङ

लेखक राष्ट्रिय जनमुक्ति पार्टीका सचिब हुन्

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्