मुक्तीनाथ भ्रमण जाँदा जानै पर्ने ठाउ मार्फा




काठमाडौंः मुंस्ताङको मार्फामा ४ करोड लागतमा आधुनिक होटल खुलेको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्यका रुपमा स्थापित मुस्ताङको मार्फामा होटल मार्फा प्यालेस खुलेको हो ।

२८ वर्ष जापान बसेर नेपाल फर्किएका मोहन लालचनले होटल खोलेका हुन् । होस्पीटालिटी म्यानेजमेन्टमा संसारभर छुट्टै पहिचान बनाएको जापानमा २८ वर्ष बसेर फर्किएका लालचनले जापानी प्रबिधिमै होटलको निर्माण गरेका छन् । सम्भवतः मार्फा क्षेत्रकै आधुनिक र उत्कृष्ट सेवा दिने दाबी गरिएको होटल निर्माणमा समेत जापानी प्राविधिकहरु ल्याइएर बनाएको लालचनले बताए ।

होटलले निर्माण गरेको जापानिज प्रविधिको काठ घरले होटललाई थप आकर्षक देखाएको छ । यो घर लालचनले जापानबाटै प्राविधिक ल्याएर निर्माण गरेका हुन् । दुईर्तले काठघर पूर्णतय काठबाट बनेको छ । होटलमा २४ कोठा रहेको छ भने एउटा बैठक कोठा पनि रहेको छ ।

विदेशमा बसिरहेका मार्फाली पनि अहिले आफ्नो गाउँमा लगानी गर्न थालेका छन्। केहीले गुम्बा निर्माण गर्न सहयोग गरिरहेका छन् भने अन्य केही पर्यटक आकर्षित गर्न पूर्वाधारमा लगानी गर्दैछन्।

होटल साढे २ रोपनी क्षेत्रफलमा फैलिएको छ । होटलमा करिब १५० जना अट्ने क्षमताको रहेको छ । होटलमा मुस्ताङमै फलेका आलु स्याउ लगायतको अर्गानिक फलफूलको स्वाद लिन पाइन्छ ।

मुस्ताङको सदरमुकाम जोमसोम हो, जहाँ विमानस्थल छ र पोखराबाट उडेका साना साना जहाज हरेक दिन यहाँ ओर्लन्छन्। हवाई जहाजमा आउने ती यात्रु जोमसोममा कमैमात्र बस्छन्। बरु उनीहरु सिधै हानिन्छन् मार्फातिर, जहाँ पुग्न जोमसोमबाट गाडीको यात्रा गर्दा करिब ४५ मिनेट मात्रै लाग्छ।

मार्फामा पर्यटन विकास गर्नका लागि होटल सञ्चालन गरेको लालचनले बताए । पर्यटनका दृष्टिले मुस्ताङ धेरै सम्भावना भएको जिल्ला हो, विदेशी पर्यटकमात्र होइन, आन्तरिक पर्यटक पनि मुस्ताङ ल्याउन सकिन्छ लालचनले बताए ।

मार्फा फर्केका एक जना सफल व्यवसायी हुन् मोहन सिंह लालचन, जसले २८ वर्ष जापानमा बिताएका थिए। जापानमा होटल रेस्टुराँ व्यवसाय गरेर अनुभव संगालेका लालचनले चार करोड रुपैयाँ लगानीमा मार्फा प्यालेस होटल संचालनमा ल्याएका हुन्।

धेरै फिल्मको सुटिङ पनि मुस्ताङमा नै हुने गरेको छ। यो ठाउँ धेरै सुन्दर छ, लालचनले भने । प्रकृतिले धेरै कुरा दिएको छ, अब पर्यटन विकासका लागि व्यक्ति आफैले पनि गर्नुपर्छ। पर्यटक आउने वातावरणको सिर्जना हामीले नै गर्ने हो।

जेरी फिल्मका केही दृष्य मार्फा बजारको एक गल्लिमा सुटिङ गरिएको थियो, जसले मार्फाको त्यो गल्लिको नाम नै ‘जेरी गल्लि’ बनाइदियो।

व्यवसायसँगै समाज सेवामा पनि हात बढाएका लालचनले मार्फा बजार माथिको उजाड डाँडोमा आफ्नै लगानीमा वृक्षरोपण गरिरहेका छन्। दलित तथा आर्थिक अवस्था कमजोर भएका घरहरुमा रंग लगाइदिएका छन्।

लालचनले मार्फाको ५ रोपनी जग्गामा स्याउ खेती गरेका छन् । यो सँगै उनले ओखर खेती पनि गरेका छन् । जापान बस्दाका अनुभवलाई मार्फामा उतारिएको लालचनले बताए ।

माथिको डाँडाबाट पूरै मार्फा बजार देखिन्छ, त्यसैले डाँडामा बगैंचा निर्माण गर्ने अभियानमा रहेको पनि लालचनले बताए ।

मार्फा मुस्ताङको पुरानो थकाली वस्ती हो, जहाँ फाट्टफुट्ट दलित समुदायका घर पनि छन्। थकाली भेषभुषा, खानपान र तौरतरिका सायद यहाँ पर्यटकको एउटा मुख्य अकर्षण हो। जोमसोमका थकाली होटलमा खाना खाँदा र बस्दा सामान्य होटलमै बसेको महशुस हुन्छ भने मार्फाका थकाली होटलमा छुट्टै परम्परा र संस्कृतिले आकर्षित गर्छ।

दुई–तीन वर्षयता आन्तरिक पर्यटकको चाप निकै बढेको छ, मुस्ताङको मार्फामा, विदेशी पर्यटकको तुलनामा दोब्बर नेपाली आउन थालेको र आफ्नो होटलका पाहुना पनि धेरै नेपाली नै रहेको लालचनले बताए ।

मार्फा प्यालेस होटलका सञ्चालक मोहन सिंह लालचनले थपे , मुतिनाथ आउदा अनिवार्य रुपमा मार्फा प्यालेस आउन समेत आग्रह गरे ।

कलात्मक रूपमा निर्मित गुम्बा, मार्फामा परम्परागत शैली र कायमै रहेको कटवाल प्रथाले पनि यहाँ पर्यटकलाई लोभ्याउने गर्छ ।

उनले पोखरा लगायत जापानमा समेत होटल तथा रेस्टुरेन्टमा लगानी गरेका छन् । २८ वर्ष जापान बसेपनि उनले नेपाली नागरिकता त्यागेका छैनन् ।

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको मुख्य गन्तव्य मुस्ताङ बनिरहेको छ । विशेषगरी यातायात सञ्जालमा सजिलै निजी सवारी लैजान पाउने भएपछि पर्यटकको चाप मुस्ताङमा बढेको हो । अहिले दैनिक सयौंको संख्यामा जिप मोटरसाइकल र हवाईमार्ग हुदैं मुस्ताङ घुम्ने पर्यटकको संख्या बृद्धि भएको छ ।

जोमसोमबाट मुक्तिनाथ जाँदा बाटोमा रहेको मार्फामा नबसी नजाने र विकास गर्ने, ‘मार्फालाई विश्वमा चिनाउने गरि काम हुँदैछ, लालचनले थपे ।

उनले भने, ‘तर, स्वदेशमै केही गर्नुपर्छ भन्ने भावना लिएर फर्किए ।’ उनले धार्मिक र सांस्कृतिक गन्तव्यका रूपमा रहेको मार्फामा स्याउ खेती पनि गरिरहेका छन् ।

‘मार्फा आफैमा धनी छ, प्रकृतिक रुपमा मार्फा जस्तो सुन्दर अर्को ठाउँ छ जस्तो नै लाग्दैन मलाई’, आफू जन्मेको ठाउँमा केही गर्नुपर्छ भन्ने दृढतासाथ जापानबाट फर्केको बताए ।

आफु नेपालको मायाले मुस्ताङ फर्किएको र नाफा भन्दा पनि पर्यटन विकास विस्तार गर्न मुस्ताङ फर्किएको लालचनले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्