सरु सुनार एउटा नाम मात्र होईन, “अन्याय र विभेद विरुद्ध बोल्ने सिङ्गो समुदायको आवज हुन्”



 

सीता सिमोन लेख्छिन :- Saru Sunar एउटा नाम मात्रै हैन अब उनी एउटा प्रखर क्रान्तिकारी योद्धा पनि हुन । चाहे उहीँ बिरामी परुन या जस्तो सुकै अबस्थामा पनि उनी विभेद र अन्याय विरुद्ध बोल्ने आवाज हुन उनी । 3500-4000 बर्ष पुरानो जातीय भेदभाव र छुवाछूतको कलन्कको बिरुद्ध बोलेको एउटा बुलन्द आवाज हो । जसरी पाकेको पिलोको उपचार नहुदा खिल पल्टेको हुन्छ त्यसरी नै 60,000 भन्दा बढी जनता मान्छेको भेषमा जनावर भन्दा तल्लो दर्जामा बाच्न बिबश पारिएका अमानवको छाती भित्र परेको खिलको उपचार तर्फ लम्केको डाक्टर हुन उनी त्यसले , हामी पनि एउटा डाक्टर हुन सक्छौ त्यो खिल निको पार्ने ! एकदिन सबैको साथले सफल भैइन्छ पक्कै । हो त्यो अमानबको एउटा बुलन्द आवज हो सरु सुनार। उनको कामहरुले उनलाई पुष्ठि गरिसकेको छ उनी N-peace Award को लागि अत्यन्तै उचित ब्यक्ति हुन । त्यसैले हामी सबैले भोट गरेर त्यो बुलन्द आवाजलाई हौसला प्रदान गरौ ।

एसियामा ७ वटा देश अफगानिस्तान, इन्डोनेसिया, म्यानमार, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलंकालाइ लक्षित गरि युएनडिपी (UNDP ) ले सन् २०१० मा स्थापित गरेको यो पुरस्कार महिला अधिकारकोलागि संघर्ष र आवाज उठाउदै शान्ति स्थापना हेतु काम गर्नेहरुलाई प्रत्येक बर्ष बिभिन्न विधामा पुरस्कार प्रदान गर्दै आएको छ, यसपाली सरु सुनार लगायत दुइ अन्य नेपाली महिलाहरुलाई अनटोल्ड स्टोरी (Untold Story ) अन्तर्गत मनोनित गरेकोछ, अब नेपालका लागि यी तिन महिलामा जसले बढी भोट प्राप्त गर्दछ उसले नै उक्त पुरस्कार प्राप्त गर्छ । सरु सुनार यो अवार्डको लागि मनोनीत भए पछि सामाजिक संजालमा व्यापक प्रचार प्रसार भएको छ । हरेक बर्ष नेपालबाट एक जना महिनाले अवार्ड हात पारे पनि दलित समुदायको कुनै पनि महिला आजसम्म यो अवार्डको लागी नोमिनेसनमा समेत परेका छैनन् सरु सुनार मनोनीत हुने पहिलो दलित महिला हुन् ।

भोट गर्नको लागि:

आफ्नो पुरानो इमेल वा नया इमेल खोलौ, अनि गुगलमा गएर N Peace Award सर्च गरौ, त्यहाँ N Peace Award को लिंक प्राप्त हुन्छ त्यसलाई क्लिक गरौ, त्यस पछि MENU मा क्लिक गरौ, menu भित्र untold stories क्लिक गरौ, त्यो लिंक खुले पछि अलिक तल, click here to vote मा क्लिक गरौ, अब बिभिन्न देशको मनोनितहरुको नाम र फोटो आउछ, नेपाल अन्तर्गत sarita Saru Bk को फोटोमा क्लिक गरौ, अब sarita Saru Bk को फोटो सहित केहि डिटेल आउछ अलि तल VOTE NOW मा क्लिक गर्ने, अब email , password , log in or sign up आउछ, यसमा चै पहिला sign up क्लिक गर्ने अनि अर्को फम आउछ, full name , email address , country , gender , phone, password , confirm password , आउछ त्यहाँ सबै भर्ने, phone चै भरे पनि हुन्छ नभरे पनि हुन्छ, अनि तल I’m not robot पनि हुन्छ त्यसलाई टिक लाउने त्यो सबै भरेर ओके भए पछि तल sign up मा क्लिक गर्ने, यस पछि एउटा मेसेज आउछ,

“हामीले तिम्रो इमेलमा activation लिंक पठाएको छौ त्यो लिंक क्लिक गर” , अब आफ्नो इमेल खोल्ने त्यहाँ N peace ले इमेल पठाएको हुन्छ त्यो इमेल भित्र click here to login मा क्लिक गर्ने, त्यसपछि your account is verified now you are logged in automatically भन्ने मेसेज आउछ छेउमै vote now लाइ क्लिक गर्ने, त्यस पछि individual awards 2019 भन्ने मेसेज आउछ, तल vote now मा untold stories मा क्लिक गर्ने फेरी बिभिन्न देशको मनोनित सहित नाम र फोटो आउछ, nepal अन्तर्गत sarita saru Bk को फोटो क्लिक गर्ने फेरी तल vote now आउछ त्यहाँ क्लिक गर्ने अब भने भोट आप से आप जान्छ र thank you for voting भन्ने मेसेज आउछ त्यो नै vote गएको confirmation हो,

धन्यबाद !

http://n-peace.net/nominee/sarita-saru-b-k/

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्