ज्यान तथा अङ्गभङ्ग मुद्दामा फरार दुई अभियुक्त पक्राउ



ज्यान मार्ने तथा कुटपिट अङ्गभङ्ग मुद्दामा फरार रहँदै आएका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका–२ का ४० वर्षीय जिबछ यादव र सिरहा नगरपालिका–३ का २० वर्षीय सतिषकुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले दुबै जनालाई आ–आफ्नो घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत सिरहामा पेश गरेको उहाँले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्