बुवासँग खेल्ने बालबालिकाको दिमाग तेज हुन्छ



एजेन्सी ।    सबै आमाबुवालाई आफ्ना बच्चाहरू प्यारा लाग्छन् । उनीहरू बच्चाबच्चीको स्वास्थ्यदेखि लिएर पढाइसम्म ध्यान दिन्छन् ।

हालै गरिएको एक अनुसन्धानले बताएअनुसार बुवाले बच्चाहरूसँग पढ्ने र खेल्ने गरेमा उनीहरूको दिमाग तेज हुन्छ।
एउटा पिताले बच्चाहरूसँग कति र कसरी समय बिताउँछ भन्ने कुराले बच्चाको बुद्धिमत्तामा असर पर्छ । त्यसैले पिताले बच्चाहरूसँग अवश्यै समय बिताउनुपर्छ ।लन्डन विश्वविद्यालयमा भएको अनुसन्धानका अनुसार पिता शान्त, संवेदनशील र कम चिन्ता लिने स्वभावका छन् भने उनका बच्चाको दिमाग दुईगुणा तीखो हुन्छ । बच्चाले शुरुदेखि नै पितासँग घुलमिल गर्न पाए भने उसको क्षमता देखिन थाल्छ ।

अनुसन्धानकर्ताहरूले १२८ पिता र बच्चाहरूमाथि अनुसन्धान गरेका थिए । अनुसन्धानका दौरान उनीहरूले तीन महिनासम्म बच्चाहरूले आआफ्ना पितासँग खेलेको भिडियो बनाए । यसको दुई वर्षपछि उनीहरूले बच्चाहरूको मानसिक विकास सूचकांक हेरे । त्यसबाट बच्चाहरू बढी बुद्धिमान् भएको पाइयो ।तपाईं पनि बच्चाहरूलाई बुद्धिमान् बनाउन चाहनुुहुन्छ भने उनीहरूसँग धेरै समय बिताउनुस् । उनीहरूका हरेक क्रियाकलापमा साथ दिनुस्

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्