ज्ञानोदय माविमा लैंगिक हिंसा न्युनीकरण सम्बन्धी वक्तृत्वकला



ओमप्रकाश गुप्ता
सिसहनियाँ १४ मंसिर । ज्ञनोदय मावि राप्ती गाउँपालिका ६ पत्थरगढवामा लैंगिक हिंसा न्युनीकरणमा विद्यार्थीको भुमिका विषयक वक्ततृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको अायोजनामा लैंगिक हिंसा विरूद्वको १६ दिने अभियान मनाउने क्रममा शुक्रबार सो कार्यक्रम सम्पन्न भएको हो ।

प्रतियोगितामा मावि तर्फ कक्षा ९ का रामप्रसाद चाैधरी प्रथम,कक्षा १० का कालिचरण चाैधरी द्वितीय र कक्षा ९ का प्रेम पाैडेल तितृय भएका थिए । त्यसै गरी अाधारभुत तर्फ कक्षा ७ का दिपिका महरा प्रथम,कक्षा ८ की निता चाैधरी द्वितीय र कक्षा ७ की सृष्टि चाैधरीले तृतीय स्थान हासिल गरेका छन् । विद्यालयका साहायक प्रअ मंगलप्रसाद चाैधरीको अध्यक्षतामा भएको प्रतियोगिताको मुल्यांकनमा शिक्षक रामप्रसाद चाैधरी,कलावती चाैधरी र एकदेव चाैधरी रहेका थिए । कार्यक्रमको सञ्चालन विद्यार्थी समिक्षा चाैधरीले गरेकी थिइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्