पेचिलो बन्दै सभामुख चयन,‘संसद् बन्यो गुटबन्दीको बन्धक’, बलियो सरकारको कमजोर खर्च



काठमाडौंबाट सोमबार प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले विभिन्न फरक-फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन् । ‘संसद् बन्यो गुटबन्दीको बन्धक’ , वैदेशिक रोजगारीका नाममा ठगी, कमिसन नमिल्दा औषधिमा ढिलाइ, बलियो सरकारको कमजोर खर्च,घरभित्र पस्दा देउताको डर लगायतका विभिन्न राजनीतिक, आर्थिक र समाजिक क्षेत्रक विषयमा आजका पत्रपत्रिकाहरुमा समाचार छापिएका छन् ।

कान्तिपुरलले ‘संसद् बन्यो गुटबन्दीको बन्धक’ शीर्षक दिएर आज मुख्य समाचार बनाएको छ । जननिर्वा्चित जनप्रतिनिधिहरूको एकमात्र वैधानिक थलो संसद् सत्तारूढ प्रमुख दल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डको गुटबन्धीबाट बन्धक बनेको कान्तिपुरको ठम्याइ छ ।आवरणमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिएको भनी कारण देखाउन खोजिए पनि अन्तर्यमा दुई अध्यक्षबीचको शक्तिसंघर्षको छाया प्रतिनिधिसभामा प्रकट दाबी कान्तिपुर समाचारमा उल्लेख छ ।सभामुखको रिक्तताले पटक पटक संसद् स्थगित हुँदा कानूनमा निर्माणमा अवरोध हुनुका साथै संसदीय समितिका कामहरू पनि प्रभावित भएका छन् ।

अन्नपूणर्नले पनि नेकपाका कारण एक महिनादेखि संसद् बन्धक बनेको लेखेको छ । अन्नपूर्णका अनुसार झण्डै एक महिनादेखि स्थगित संसद्को बैठक सूचनाद्वारा एक साता पछि सारिएकोमा सत्तारूढ दलकै सांसद् रुष्ट छन् । नेकपा सांसद् विशाल भट्टराईले सांसदहरूले जनताको समस्या राख्ने थलो संसद् भए पनि बोल्न नपाएको गुनासो गरेका छन् ।उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले नेकपाको निर्णयलाई चुनौती दिँदै राजीनामा दिन अस्वीकार गरेको खबर पनि अन्नपूर्णमा छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका दुवै अध्यक्ष, महासचिवसहित नेताहरूकै उपस्थितिमा उनले पार्टी निर्णय नमान्ने चुनौती दिएकी हुन् ।

यता कान्तिपुर दैनिकमा संविधान संशोधन र सभामुख चुनावका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिने उद्देश्यले नेकपा अध्यक्ष पुष्पकमल दाहालको अगुवाइमा भएको छुट्टै भेला उनीहरुकै लागि प्रत्युत्पादक बन्ने देखिएको समाचार छ । नयाँ सभामुख शिवमाया तुम्बाहाङ्फेले पहिले राजीनामा दिनुपर्ने निष्कर्ष उक्त भेलाले निकालेको थियो । सचिवालय सदस्य बामदेव गौतमको निवास भैसेपाटीमा गत बुधबार भएको भेलामा अध्यक्ष दाहालसहित नेताहरु झलनाथ खनाल, माधव नेपाल, गौतम र नारायणकाजी श्रेष्ठ सहभागी थिए । उक्त भेलापछि प्रधानमन्त्री ओली रुष्ट बनेको र सभामुख चयनबारेको छलफलमा सहभागी हुनै नचाहेको उनीनिकट स्रोतको भनाइ छ ।

गोरखापत्र दैनिकमा ‘चीनका बन्दरगाह नेपाललाई खुला’ शीर्षकमा प्रमुख समाचार छ । समाचारमा उल्लेख भएअनुसार नेपालले चीनका तियान्जिन, सेन्जेन, लियान्गाङ र झ्याङझियाङ सामुद्रिक बन्दरगाह तथा लान्जाओ, ल्हासा र सिगात्से सुक्खा बन्दरगाह उपयोग गर्न पाउने भएको छ । त्यस्तै नेपालले अबदेखि अनुमति लिएर सिगात्सेसम्म ढुवानीसमेत गर्न पाउने भएको छ ।यसैगरी बदरगाहबाहेक दुई देशबीच थप नाका प्रयोगमा पनि सहमति जुटेको छ । जस अनुसार अबदेखि चीनतर्फ पारवहनका लागि रसुवा, कोदारी र यारी तथा द्विपक्षीय व्यापारका लागि किमाथाङ्का, नेचुङ (कोराला) र ओलाङचुङ्गोला गरी ६ वटा नाका प्रयोग गर्न सकिने भएको छ ।

कान्तिपुर दैनिकमा कमिसन नमिल्दा औषधिमा ढिलाइमा भएको समाचार छ । भक्तुपुरको ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रले तीन महिनादेखि बहुऔषति प्रतिरोधी (एमडीआर) उपचारमा प्रयोग हुने क्यानमाइसिन औषधि खरिद नगर्दा विरामी मारमा परेका छन् । केन्द्रले देशका विभिन्न ठाउँमा यो औषधि आपूर्तिसेत गरेको छैन । गत कार्तिकबाट शुरु भएको खरिद प्रक्रिया ढिलो भएर समयमा औषधि नआएको केन्द्रका एक कर्मचारीले बताए । विरामीले औषधि लिन नपाएपछि केन्द्रलाई दामियन फाउन्डेसनले सहयोग गरेको थियो । समयमै औषधि आपूर्ति गर्न केन्द्र गम्भीर नभएको ती कर्मचारीले बताए । केन्द्र र औषधि सप्लायर्स फर्मसँग कमिसनमा कुरा नमिलेपछि औषधिको टेन्डर भएको स्रोतको दाबी छ ।

नागरिक दैनिकमा चालु बजेटको अर्धवार्षिक विश्लेषण गर्दै ‘बलियो सरकारको कमजोर खर्च ’ शीर्षकमा मुख्य समाचार छ । समाचारमा आर्थिक वर्षमा सरकारले चार खर्ब आठ अर्ब रुपैयाँ विकास बजेट गर्ने लक्ष्य राखेको उल्लेख छ । वर्षको आधा समय बित्दासमेत ५२ अबृ रुपैयाा मात्र खर्च भएको र यसले बलियो सरकारलाई कमजोर देखाउको समाचारमा विश्लेषण गरिएको छ ।विकासकाृ सन्दर्भमा दुई तिहाई जनसमर्थनसहितको सरकारसँग जनताले ठूलो आशा राख्नुका मुख्य दुई कारण भएको र त्यसमध्ये एक राजनीतिक स्थिरता र दोस्रो अर्थमन्त्रालयको जिम्मेवारी अर्थशास्त्रीले हाँकिरहेको भएको पत्रिकामा विश्लेषण छ ।

दुई तिहाइ समर्थनसहित केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएपछि सर्वसाधारण जनताले विकासका सवालमा प्रमुख दुई कारणले ठूलो आशा गरेका थिए । पहिलो – मुलुकको आर्थिक विकास नहुनुमा वर्षौंदेखिको राजनीतिक अस्थिरता दुईतिहाइका कारण अन्त्य भएको थियो । अब विकासका मुद्दामा राजनीीतक अस्थिरता बाधक हुन्न । दोस्रो कारण थियो – केही समयदेखि गैरअर्थशास्त्रीले हाँकिरहेको मूल अड्डा अर्थ मन्त्रालयको जिम्मेवारी विज्ञका रुपमा चिनिएका अर्थशास्त्री युवराज खतिवडालाई दिनु । पछिल्ला वर्षमा विकासका मुद्दामा मूल राजनीतिक पार्टीहरुको एउटै स्वर ‘अबको अजेन्डा आर्थिक विकास’ बनेका बेला ओली सरकारका यी दुई दृश्यले मुलुकको पौने तीन करोड जनसंख्या अब त आर्थिक विकास हुन्छ भन्नेमा लगभग ढुक्क थियो । ओली सरकार बनेको दुई वर्ष हुँदैछ । यसबीच विज्ञ भनिएका अर्थमन्त्री खतिवडाले दुई–दुई पटक वार्षिक बजेट पनि ल्याए । तर, नतिजा भने जनअपेक्षाको ठीक उल्टो देखिएको छ ।

कान्तिपुरले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगीबारे समाचार छापेको छ । समाचार अनुसार, अमेरिका, युरोपदेखि खाडी मुलुक जान प्रलोभनमा परे फस्नेमा पढेलेखेका धेरै छन् । रोचक त के छ भने यसरी ठग्ने व्यक्ति भनो कम पढेलेखेका छन् ।मानव बेचबिखनका २ सय ६७ घटनामा संलग्न पीडित र पीडकको शैक्षिक पृष्ठभूमिको अध्ययनबाट यस्तो तथ्य पत्ता लागेको कान्तिपुर समाचारमा उल्लेख छ ।

अन्नपूर्णmे जुम्लास्थित चन्द्रनाथ गुठीको जग्गा व्यक्तिविशेषले अतिक्रमण गरेको समाचार छापेको छ । अन्नपूर्णका अनुसार चन्दननाथ गुठीको १ लाख ४ हजार वर्ग्मिटर जग्गामध्ये हाल मन्दिर रहेको क्षेत्रमा १४ सय ७९ वर्ग्मिटर र मन्दिरनजिक सेरा खेत ४८ हजार ३ सय वर्ग्मिटर मात्र रहेको प्रमाण छ । बाँकी करिब १ सय ८ रोपनी भने व्यक्तिका नाममा पुगेको छ ।

नयाँ पत्रिका दैनिकमा छाउगोठमा बस्दा सरकारको डर, घरभित्र पस्दा देउताको डर शीर्षकमा समाचार छ । महिनावारी भएका महिलालाई राख्न बनाइएका छाउगोठ भत्काउन कर्णाली र सुदूरपश्चिममा सरकारले अभियान नै चलाएको छ । प्रहरी र जनप्रतिनिधि भौतिक छाउगोठ भत्काउँदै हिँडेका छन्, तर स्थानीयको मनमा रहेको गोठ जस्ताको तस्तै छ । त्यसैले महिनावारी भएका महिलाले घरभित्र बास पाएका छैनन् । कतिपयले त भत्काइएका छाउगोठ बनाउन थालेका छन् । आइतबार नयाँ पत्रिका टोली पुग्दा अछामको तुर्माखाँद गाउँपालिका–५ धाङ्टाकी कला विक भत्काइएको छाउगोठ मर्मत गर्दै थिइन् । शनिबार महिनावारी भएकी उनी ‘देउता रिसाउने’ डरले घरभित्र पसिनन्, भत्काएकै छाउगोठमा रात बिताइन् । मर्मत गर्दै गरेको गोठ फेरि गाउँपालिकाको टोली आएर भत्काइदिन्छ कि भन्ने पिर उनको मनमा छ । ‘बाहिर बस्दा सरकारको डर छ, भित्र देवी–देउताको,’ कलाले भनिन्, ‘महिनावारी हुँदा सधैँ छाउगोठमै बस्यौंँ, अहिले कसरी भित्र छिर्नु ?’ खरले छाएको दुईकोठे घरमा कला तीन नाबालक छोरासँगै बस्छिन् ।  गत मंसिरमा साँफेबगर नगरपालिकाकी पार्वती बुढाको छाउगोठमै मृत्यु भएपछि ९ पुसदेखि जिल्लाभर छाउगोठ भत्काउने अभियान सुरु भएको हो । अहिलेसम्म जिल्लाभर एक हजार ६ सय छाउगोठ भत्काइएका छन्

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्