छाउगोठ भत्काउ अभियान : तमासा कि उपलब्धि ?



काठमाडौं ।अहिले सुदूरपश्चिम तथा कर्णालीका सबै जिल्लामा छाउपडी गोठ भत्काउने अभियान चलिरहेको छ । महिनावारी भएका महिलालाई राख्न बनाइएका छाउगोठ भत्काउन यति बेला सुदूरपश्चिम र कर्णालीमा सरकारले अभियान नै चलाएको छ । प्रहरी तथा जनप्रतिनिधिको रहोवरमा सबैतिर छाउगोठ खोज्दै भत्काउने कार्य जारी रहेको छ । तर बैतडी, दार्चुला, डडेल्धृुरा र डोटीमा अहिलेसम्म छाउगोठ फेला नपरेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यता कैलालीमा पनि यो अभियान जारी नै रहेकको छ । अभियानलाई बेवास्ता गर्नेलाई पालिकाबाट दिइने सम्पूर्ण सेवा सुविधाबाट बञ्चित गरिने समेत चेतावनी दिएको छ । प्रहरी र जनप्रतिनिधि भौतिक छाउगोठ भत्काउँदै हिँडेका छन्, तर स्थानीयको मनमा रहेको गोठ भने जस्ताको तस्तै छ । त्यसैले महिनावारी भएका महिलाले घरभित्र बास पाएका छैनन् । छाउगोठमा बस्दा सरकारको डर, घरभित्र पस्दा देउताको डर भन्ने मनासय उनीहरुमा रहेको छ । कतिपयले त भत्काइएका छाउगोठ बनाउन पनि थालेका छन् । अछाममा भत्काइएको छाउगोठ मर्मत गर्दै गरेको पनि भेटिएको छ ।

‘देउता रिसाउने’ डर

महिनावारी तथा सुत्केरी भएको समयमा कुनै पनि चिजलाई छुन हुँदैन, यसो गरे देउता देवता रिसाउँछन् भन्ने धार्मिक अन्धविश्वास रहदै आएको छ । अभियान चलिरहदा महिनावारी भएकी महिलाहरु ‘देउता रिसाउने’ डरले घरभित्र पस्नन मानेकी छैनन् , भत्काएकै छाउगोठमा उनीहरु अहिले पनि रात बिताउँदै छन् । भत्काएर फोरि मर्मत गरेको गोठ फेरि गाउँपालिकाको टोली आएर भत्काइदिन्छ कि भन्ने पिर पनि उनको मनमा कता कता रहेको छ । अछाममा भत्काएको गोठ फेरि बनाउँदै गरेको पनि गाउँपालीकाले भेटाएको छ । यसैले उनीहरुको मनमा यस्तो आभास भएको हो ।

देउताको डरले महिला भन्छन् ‘महिनावारी हुँदा सधैँ छाउगोठमै बस्यौंँ, अहिले कसरी भित्र छिर्नु ?’ अछामा जिल्लामा बढि नै मान्ने हुनाले पनि त्यहाँ छाउगोठमै धेरैको अकालमै ज्यान गइसकेको छ । मंसिर महिनामा मात्रै एक जनाको मृत्यु भयो अनि यसपछि जिल्लाभर छाउगोठ भत्काउने अभियान सुरु भएको हो । जनप्रतिनिधि र प्रहरी आउँदा छाउगोठ छाडेर भागाभाग गर्ने महिला राति भने भत्केकै गोठमा बस्छन् । छाउपडी उन्मुलनका लागि शुरु भएको महाअभियानले स्थानीय महिलामा निकै खुसिको तरंग पनि छाएको छ । तर यसको अन्यको बाधा भने देउताको डर नै रहेको छ ।

धमाधम भत्काइँदै छाउगोठ

सरकारले छाउगोठ भत्काउन निर्देशन दिएँगै सुदूरपश्चिमका सबै जिल्ला तथा कर्णालीका जिल्लामा छाउपडी गोठ भत्काउने अभियान चलिरहेको छ । यसका लागि प्रहरी तथा जनप्रतिनिध लागि परेका छन् । अहिलेसम्म अछाममा सबैभन्दा बढी १ हजार तीन सय ५५ वटा छाउगोठ भत्काइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक देवबहादुर बोगटी बताउँछन् । बोगटीका अनुसार कैलालीमा १ सय ३५, कञ्चनपुरमा ४, बाजुरामा ५ र बझाङामा ३६ गरी १ हजार ५ सय ३५ छाउगोठ भत्काइ सकिएका छन् । उता कर्णाली जिल्लामा पनि धमाधम छाउगोठ भत्काईदैछ ।

कर्णाली जिल्लाका केहि विगट ठाउँमा यसको प्रभाव नै रहेको छ भने केहिमा त्यति छैन् । तर पनि हुम्ला,कालीकोट, लगाएतका जिल्लामा यो अभियान चलिरहेको छ । सरकारको निर्देशनपछि २०६२ सालमा कुरीति घोषणा गर्दै छाउपडी प्रथा उन्मुलन सम्बन्धी निर्दे्शिका २०६४ समेत जारी गरिएको थियो ।

अटेर गर्नेको वृद्ध भत्ता, सामाजिक भत्ता रोकिने

छाउप्रथाका नाममा सुदूर पश्चिमाञ्चलका जिल्लामा महिलाले विभेद भोगिरहँदा सरकारले छाउगोठ भत्काउ निर्देशन नै दिएको छ ।
गृह मन्त्रालयले विभिन्न ठाउँमा रहेका छाउगोठलाई समुदाय, स्थानीय तह र प्रहरी समेतको सहकार्यमा नष्ट गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । छाउपडी प्रथालाई निरन्तरता दिनेहरुमाथि क्रमशः राज्यबाट प्रवाह हुने सेवा सुविधा (वृद्ध भत्ता, सामाजिक सुरक्षा भत्ता, सहुलियतका कर्जा) रोक्का गर्नेतर्फ आवश्यक कारबाही अगाडि बढाउन पनि निर्देशन दिइएको छ ।

प्रथाका नाममा विभेद र अत्याचार भइरहेको भन्ने गुनासो र समाचार आइरहेकाले मन्त्रालयले सुदूपश्चिमाञ्चलका केही जिल्लालाई छाउपडीमा जान तथा त्यस्ता कार्य गर्न बाध्य पार्ने जुनसुकै व्यक्तिलाई पनि यथाशीघ्र कानुनी कारबाहीको दायरामा ल्याउन समेत निर्देशन गरेको छ ।मुलुकी अपराधसंहिता २०७४ ले परिभाषित गरेका सामाजिक विभेद र भेदभाव तथा अपमानजनक व्यवहारविरुद्धका कानुनी व्यवस्था सम्बन्धमा आम नागरिकमा व्यापक सचेतनामूलक अभियान सञ्चालन गर्न पनि मन्त्रालयले निर्देशन गरेको छ ।
छाउपडी र अन्य भेदभाव तथा अपमानजनक व्यवहारविरुद्ध स्थानीय तहसँग समन्वय गरी सचेतनामूलक कार्यक्रम र समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन गरिएको छ ।

१४ किशोरीे ज्यान गयो

छाउपडी कुप्रथाकै कारण अछाममा १० वर्षमा १४ किशोरी तथा महिलाले ज्यान गुमाएका छन् । सरकारले कुरीति घोषणा गरेको ११ वर्ष भइसक्दा पनि छाउपडी प्रथा पूरै हट्न सकेको थिएन । सुदुरपश्चिमका जिल्लाका नौ स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा छाउपडी गोठ भत्काउनेक्रम जारी रहेको छ । प्रहरीले छाउ गोठ भए÷नभएको अवस्थाका बारेमा समेत अनुगमन गरिरहेको छ । परम्पराका रुपमा मानिँदै आएको छाउपडी प्रथाको अन्त्यका लागी छाउगोठ भत्काउने अभियानलाई सक्रिय रुपमा अगाडि बढाइएको हो ।
छाउपडी एक परापूर्वक कालदेखि चलिआएको कुप्रथा हो ।

छाउ बार्ने प्रचलन देशैभर भए पनि सुदूर र कर्णाली प्रदेशका पहाडी भूभागमा व्याप्त छ । आछाममा यसको झन भयावह अवस्था छ । गृहमन्त्रालयले छाउगोठ भत्काउन निर्देशन गरेअनुसार  सहजै रुपमा छाउगोठ भत्काउन सकिने अवस्था छैन्। तर छाउ भएको समयमा गोठबाट घरसम्म पु(याउने खाले जनचेतनामुलक कार्यक्रमको गर्न भने आवश्यक रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्