बले र पृज्माले चैत मै बाजा बजाए ( भिडियो सहित )



सागर लम्साल बले र पृज्मा खतिवडाले चैतमै बाजा बजाएका छन । रियल लाइफ मै सम्बन्धमा रहेका उनिहरुले चैतको बाजा भने रिल लाइफमा बजाएका हुन ।लोकप्रीय गीतकार लोकराज अधिकारीको शब्द रचनामा तयार भएको “बाजा बजाउदै ” बोल को म्युजिक भिडियो मा सागर र पृज्माको अलवा पृन्सी खतिवडा र प्रदिप लिम्बू को पनि अभिनय रहेको छ ।

सुजाता केसि र अर्जुन पोख्रेलको आवाज अनि पोख्रेलकै सङित रहेको गीतको म्युजिक भिडियोलाई काजिश श्रेष्ठले कोरियोग्राफी र निर्देशन गरेका हुन । अर्जुन तिवारीले खिचेको भिडियोलाई दिपक बिस्टले सम्पादन गरेका हुन । भिडियो द डिभाइन म्युजिकको युटुब बाट सार्बजनिक गरिएको हो ।

गीत र म्युजिक भिडियोलाई दर्शक श्रोताले रुचाएका छन । गीतकार अधिकारीको जन्मदिनको अघिल्लो दिन पारेर भिडियो सार्बजनिक गरिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्