कबिता-बर्सको अन्तिम दिन



हिरा सुनार      सारथी
गएका बर्सहरुको अन्तिम
दिनहरुमा झै
गएका बर्सहरुको अन्तिम
रातहरुमा झै
यो बर्षको अन्तिम दिनमा पनि
उसै गरि पेस गरिरहेछ मन ले
पुराना प्रस्तावहरु
जो बितेका बर्सहरुमा पनि
यसै गरि पेस गरि रहन्थ्यो आफै सङ्ग

दिन बिताइने छैन आज जस्तै गरि दुखको
न रात काटिने छ आज सरी भोकै
हिडिने छैन हिजो हिडेको जस्तो
खराबी बाटो
न साथ गरिने छ बैमानीहरु,घातिहरु सङ्ग
न झुकाएर हिडाइने छ सिर कसै सङ्ग
त्यागिने छ सबै सबै
कुलत आदत र सोच
बनिने छ एउटा उदाहरणिय मान्छे।
आउदो बर्स!

खेत बाझो राखिने छैन
न बारिमा बाली खाली हुनेछ
न घर हुनेछ सुनसान
झिलिमिली पारिने छ पेन्टहरुले चारैदिशा
भित्ताहरु पनि हुने छैनन् माटो को
न हुनेछ छानो खरको
बदलिने छ ,घरको स्वरुप चुहिने छाप्रोबाट
ढलान वाला घरमा
अर्को बर्ष !!

आमाले पनि चोलो !
फाटेको लगाउनु पर्ने छैन
न बा!ले जाइकोट लाउनेछ्न,च्यात्तिएको
नानि,बाबू हरुको ,बोर्डिङ मा भर्ना हुने
सपनाहरू पनि साकार हुनेछ्न!
प्रिया को महिलो लुङ्गी पनि फेरिने छ
प्रिया कै रोजाइको
न नुनको अभाव मा तडपिनु पर्ने छ
नत सुन खोजी छट्पटी रहनु पर्ने छ
प्रिया
बरु खुसी दिइने छ ,उनकै रोजाईको !
आउदो बर्स

हेरिने छैन देस रोएको आज जस्तै
नत हेरिने छ देस रुहाउनेहरुको छाया
गाउँ सुबिधा युक्त हुनेछ्न
सहर अझै विकसित र सुन्दर बन्ने छ्न
भोकाहरुले भोट मेट्न
रोइ हिड्नु पर्ने छैन
न दाइ हरु मजुरी गर्न अरब खोज्नु पर्ने छ
नत स्याउ टिप्न कालापार , पुग्नुपर्ने छ
कोहिपनि देस बासी पैसाको खोजिमा
हटने छ देसबाट ठूलो , सानो भाब
धनी गरिब र सुन्दर ,कुरुपका सवालहरु
बज्ने छ सबैदिशा साझा गित
आउदो बर्स

आफ्नै मुलुकमा ,खुल्ने छ्न
ठुला ठुला कारखाना हरु उद्योगहरु
ठुलाठुला बिकासका ढोकाहरु
सारा देस बेरोजगार रहित हुनेछ
आफ्नै माटो मा जिउने छ्न सबै सबै जिबनहरु
फुल्ने छ देस फुलसरी
खुल्ने छ देस जुन सरि
अर्को बर्स

यस्तै यस्तै ,
यिनै जस्तै
हजार बात सोच्दछ मनले
प्रत्येक बर्ष ,
न थाकेको छ मन सोच्न
न बदलिएको छ देस न परिबेस
जीवन समाजका कुरै छोडौ ,कहि कतै छैन चैन
खोजिरहेछ्न नौला ,आनन्दी बहार
सत्य जिनन
र प्रस्न गरि रहेछ्न
नया आउने बर्सलाइ
के तिमिले सोचे जस्तो दिन दिन सक्छौ ?

म सङ्ग पनि यिनै
असंख्य प्रस्नहरुलाई सङ्गै साथ राखेर
आउदो नया बर्सको शुभकामना दिनुको
विकल्प छैन!
लाखौ शुभकामना !!

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्