आजको मौसम पूर्वानुमान यस्तो छ



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ।

साथै, हाल देशको पश्चिमी भू–भागमा आंशिक देखि सामान्य बदली साथै पूर्वी र मध्य भू–भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।

शनिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने र देशका मध्य, पूर्वका केही स्थानहरुमा साथै पश्विमका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ ।

यसैगरी, राति देशको पूर्वी भू–भागमा सामान्य बदली र मध्य तथा पश्चिमी भू–भागमा आंशिक देखि सामान्य बदली रहने पूर्वानुमान छ ।

त्यस्तै, देशको पूर्वी भू–भागका र मध्य तथा पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्